

नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच गत असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थिथो।
दुवै संस्थाहरु आपसमा मर्जरमा जाने सम्बन्धमा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्षद्वारा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार समिट लघुवित्तको मर्जर स्वाप रेसियो अनुपात रु. ८२ (अर्थात समिट लघुवित्तको १०० कित्ता सेयरबराबर नेसनल माइक्रोफाइनान्सको ८२ कित्ता) कायम हुनेछ।
मर्जरपश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेसनल माइक्रोफाइनान्सका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृतमा रामबहादुर यादव रहने सहमति भएको छ।
मर्जरपश्चात हुने संस्थाको नाम नेसनल समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुनेछ। संस्थाको चुक्तापुँजी रु. १ अर्बभन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाखभन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम रु. १७ अर्बभन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लामा विस्तार भई कुल शाखा संख्या २०४ पुग्नेछ।
अर्थ सन्जाल