भारतबाट इन्धनको मूल्य बढेर आएको भए पनि नेपालमा हालकै मूल्य यथावत रहने भएको छ । नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य नबढाउने जनाएको छ ।
भारतबाट केही मूल्य बढेर आएपनि समग्रमा निगम पाक्षिक ९९ करोड नाफामा रहेकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने भएको हो ।
एक विज्ञप्ति जारी गर्दै निगमले भनेको छ ‘भारतीय आयल कर्पोरेसनको बक्यौता नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ ।’ भारतीय आयल कर्पोरेसन(आईओसी)ले निगमलाई आइतबार इन्धनको मूल्य बढाएर पठाएको छ ।अन्त
र्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको निगमले जनाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयााँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ ।
अर्थ सन्जाल