

भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि निगमलाई आइतबार बढाएर नयाँ मूल्यसूची पठाएको जनाएको छ । निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतका अनुसार यस पटक पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढेको छ ।
उनका अनुसार आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ ।
नगमका अनुसार हाल आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब र सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब रहेको छ । अब मूल्य बढेसँगै नेपालमा पनि बढ्न सक्ने देखिएकाे छ ।
अर्थ सन्जाल