अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

तनहुँमा २८ करोडको सुन्तला उत्पादन

  • अर्थ सन्जाल
  • १७ पुष २०७९, आईतवार १६:५८


तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक हजार चार सय ८० हेक्टरबाट नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको तिवारीले बताए ।

अघिल्लो वर्ष रु २६ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । त्यसवर्ष एक हजार चार सय ६० हेक्टर क्षेत्रफलबाट नौ हजार तीन सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौँडा, खैरेनीटार, भीमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।

सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमतिलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।

म्याग्दे–२ उमाचोकका सुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी, रामबहादुर अधिकारी लगायतले वार्षिक लाखौँ मूल्य बराबरका सुन्तला बिक्री गर्दै आएका छन् । देवघाटा–३ छिपछिपेका भीम रानाले यसवर्ष रु ३२ लाख बराबरको सुन्तला बिक्री गरेका छन् । व्यास–१३ बेनीकोटका विकास थापाले यसवर्ष रु आठ लाखको सुन्तला बिक्री गरेका छन् ।

आँबुखैरेनी–२ मार्कीचोकका सोलबहादुर चितौरेले यसवर्ष रु तीन लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन् ।

राजनीतिसँगै सुन्तलाखेती

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे राजनीतिसँगै सुन्तलाखेतीमा आबद्ध छन् । विसं २०५३ देखि सुन्तलाखेतीमा आबद्ध रहेका घिमिरेले कृषिसँगै राजनीतिलाईसँगै अगाडि बढाइराखेका छन् ।

देशमा उत्पादन र जीविकापार्जनका लागि वातावरण नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा उपाध्यक्ष घिमिरे भने सुन्तलाखेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन् । घिमिरेले सुन्तलाखेतीबाट वार्षिक रु २० लाख आम्दानी गरिरहेको बताए । घिमिरेको सुन्तलाफार्ममा अहिले आठ सय ५० सुन्तलाका बोट छन् । म्याग्दे–२ जोगीथुममा सुन्तलाखेती गरिरहेका घिमिरेले यस वर्ष रु २० लाखको सुन्तला बिक्री गरेको जानकारी दिए ।

विसं २०३५ मा कृषिको जेटिए अध्ययन गरेका घिमिरे आठ वर्षसम्म शिक्षक पेसामा संलग्न थिए । नेपाली कांग्रेसका नेता घिमिरे विसं २०४९ मा गाउँ विकास समितिको अध्यक्ष बनेका थिए । “राजनीतिसँगै सुन्तलाखेतीलाई अगाडि बढाइरहेको छु, हरेक व्यक्ति उत्पादनसँग जोडिनैपर्छ”, घिमिरेले भने । नेपालको हावापानी उर्वर रहेको जनाउँदै घिमिरेले कामप्रति इमान्दार रहने हो भने आत्मनिर्भर बन्न गाह्रो नभएको उल्लेख गरे । “यति राम्रो उर्वरभूमि छाडेर हामी भने मरुभूमिमा भविष्य खोजिरहेका छाँै, योभन्दा नराम्रो पक्ष के हुनसक्छ”, उनले भने ।

परिश्रम नगर्ने तर तत्काल फल खोज्ने परिपाटीले परनिर्भर बनेको जनाउँदै घिमिरेले भने, “विदेशमा गर्ने दुःख नेपालमा मात्र गर्ने हो भने नेपाल जस्तो स्वर्ग देश अन्त छैन ।” सुन्तला खेती गरेर आर्थिक रुपमा सबल बनेको जनाउँदै घिमिरेले सुन्तलाखेतीबाट सन्तुष्टि मिलेको बताए । “सुन्तला फार्ममा आएर काम गर्दा छुट्टै आनन्दको अनुभूति हुन्छ, हरियाली र लटरम्म फलेका सुन्तला देख्दा आनन्द आउँछ”, उनि भन्छन् ।

सुन्तलाखेतीका लागि गाह्रो नभएको बताउँदै छ महिना यसको हेरचाह गर्ने हो भने वर्षदिनलाई मनग्य आम्दानी हुने घिमिरेको अनुभव छ । उनि भन्छन्, “सुरुका तीन वर्ष यसको बढी रेखदेख गर्नुपर्दछ, अनि फल दिइसेकपछि लामो समयसम्म यसबाट आम्दानी लिन सकिन्छ ।” फार्ममा आएर काम गर्दा फूर्तिलो र नवीन सोचको विकास हुने घिमिरेले बताए । “बर्सेनि रु २० लाखको सुन्तला बिक्री गर्दै आएको छु, सुन्तला बिक्रीका लागि कुनै समस्या छैन, देशभरबाट सुन्तला खरिदका लागि अग्रिम बुकिङ हुन्छ”, उनले भने ।

सुन्तला खेती अवलोकनका लागि विभिन्न स्थानबाट मानिस आउने गरे पनि स्थानीयले भने कृषिको महत्व नबुझेको घिमिरे बताउछन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा जित हासिल गरेका घिमिरेले यस पटकको स्थानीय तह निर्वाचनमा पुनः उपाध्यक्षमा विजय प्राप्त गरेका छन् । घिमिरेले सुन्तलाखेतीका अलवा इँटाभट्टा व्यवसायबाट पनि थुप्रैलाई रोजगारी दिइरहेका छन्। रासस

Artha Sanjal
मिती : १७ पुष २०७९, आईतवार १६:५८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ताजा समाचार

  1. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  2. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  3. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  4. आन्दोलित हुँदै सहकारीका सञ्चालक
  5. फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई
  6. नेपाल सरकार र मिटरब्याज पीडितबीच आज वार्ता हुदै
  7. आज राष्ट्रिय सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.