

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले विशेष साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा आउँदो माघ ३ गतेकाठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट हुनेछ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापुँजीको ८८.४५ प्रतिशत अर्थात १:०.८८४५ को अनुपातले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद सेयर (नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति प्राप्त हुन बाँकी) जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
हकप्रद जारी गरेपश्चात कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने हुँदा सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले यही पुस २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।
अर्थ सन्जाल