

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने भएको छ।
कम्पनीका वीमितहरुले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशत छुट गर्ने निर्णय गरेको हो।
यही पुस १७ गतेदेखि माघ २९ गतेभित्र नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा उक्त ३५ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।
यो छुट सुवधा जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८’अनुसार विलम्ब शुल्कको ३५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल