सरकारकाे न्यूनतम साझा कार्यक्रमले अर्थतन्त्रको सबलीकरण र सुशासनलाई जाेड दिने

सत्तारुढ दलहरुले अर्थतन्त्रको सबलीकरण र सुशासनमा जोड दिँदै न्यूनतम साझा कार्यक्रम तय गर्ने भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वको संयन्त्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

संयन्त्रको बैठक आइतबार पुनः बस्ने र बैठकमा सबै दलका तर्फबाट न्यूनतम साझा कार्यक्रममा समेटिनुपर्ने विषयहरु प्रस्तुत हुने बताइएको छ । त्यसैका आधारमा न्यूनतम साझा कार्यक्रम तय गरिनेछ ।

संयन्त्रमा संयोजकका रुपमा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री पौडेल छन् । बाँकी सदस्यहरुमा माओवादीका उपमहासचिव वर्षमान पुन, रास्वपाका महामन्त्री मुकुल ढकाल, राप्रपाका महामन्त्री धवलशमशेर जबरा छन् ।

न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्रलाई पाँच दिनको समय दिइएको छ । संयन्त्रले शुक्रबारदेखि काम सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *