अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

फेरियो दुर्गम बोबाङको मुहार

  • अर्थ सन्जाल
  • १५ पुष २०७९, शुक्रबार १७:२४


पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यनका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पथ्र्यो । तर अहिले बोबाङमा यो समस्या छैन । पशुपालन र खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयहरुको जीवनशैली पनि बदलिएको छ । विकासले बिस्तारै गति लिँदै गएपछि विकासका पूर्वाधारहरु पनि थपिँदै गएका छन् ।

स्थानीय पनि शिक्षित बन्दै गएका छन् । यहाँका स्थानीयहरु घुम्ती बसाइँ गर्ने हुँदा बोबाङगाउँमा विकासले गति लिन सकेको थिएन । हिउँदमा बोबाङ र वर्षातको समयमा ढोरपाटन बस्ने हुँदा यहाँ सडक सञ्जाल पनि ढिला पुगेको थियो । ढोरपाटन नगरपालिका–७, ८ र ९ मा पर्ने यो गाउँ हेर्दा बजारभन्दा कम छैन । बहुप्रतिक्षित ढोरपाटन सिकार आरक्षको ढोकाका रुपमा रहेको बोबाङ गाउँ राष्ट्रिय गौरवको योजना सालझण्डी–ढोरपाटन सडकले बीच भागबाटै चिररे गएपछि यस ठाउँमा विकासले गति लिन थालेको छ ।

यस सडकले त विकासको दैलो नै खोलिदिएको छ । सडक आएपछि गाउँमा धेरै परिवर्तन आएको स्थानीय बताउँछन् । यो सडक बोबाङलगायत सिङ्गो भुजीखोलेवासीका लागि वरदान साबित भएको छ । सडकले हजारौँको जीवन बदलिदिएको छ । गाउँमा सडक नपुग्दा घण्टौँ लगाएर दैनिक उपभोग्य सामान किनबेच गर्ने स्थानीय अहिले घरघरमा दोकान सञ्चालन भएपछि दङ्ग छन् । जीवनको अधिक समय गाडी नदेखाका, नचढेका वृद्धवृद्धाहरु घरै अगाडि गाडी गुड्दा चकित छन् । स्थानीय ८३ वर्षीया पुतली विकले आफ्नो जीवनकालमा पहिलो पटक २०६९ सालमा गाडी देखेको बताउछन् ।

“हाम्रो जस्तो दुर्गम गाउँमा गाडी आउला भन्ने त हामीले कल्पनासमेत गरेका थिएनौँ, आए पनि हामी मेरेपछि मात्रै आउला भनेका थियौँ, यति छिट्टै गाउँमा गाडी आयो, हाम घाँस दाउरा गरेर खाने मान्छेको गाउँमा गाडी चल्दा खुसी लाग्छ,” विकले भने, “पहिला हामीहरुले गाडी आउँदैन होला भनेर कल्पना गरेको कुरा गलत रैछ, हेर्नु त अहिले घरै अगाडि सररर गाडी गड्छन्, मेरो बुढा (श्रीमान्) ले गोरखपुर पुगेर गाडी देखेको कुरा गर्दा पनि रमाइलो लाग्थ्यो ।”

विकले पहिले गाउँमा गाडी नआउँदा खाद्यान्न किनमेलका लागि बुटवल, पाल्पा र पछिपछि बुर्तिबाङ पुग्ने गरेको स्मरण गर्दै अहिले गाउँमै दोकान पसलहरु खुलेको बताउछन् । अहिलेका नयाँ पुस्ताले पुरानो पेसा छोडेर नयाँ व्यवसायहरु गर्न थालेको उनको भनाइ छ । पहिले पशुपालन र खेतीपाती गरेर परिवार चलाएकामा अहिले व्यापार, व्यवसायसँगै विदेश गरेर कमाउन थालेको विक बताउछन् ।

“पहिले गाउँमा चामल आउँदैनथ्यो, भात खान दसैँ नै आउनुपथ्र्यो । अहिलेको मुख्य खान्की भात हो । चामल ल्याउन, सहर बजार जानु पथ्र्यो, दुई साता लाग्थ्यो । अहिले त घरघरमा दोकान छन्, चामलको अभाव छैन,” उनले भने, “गाउँमा पहिलेको जस्तो खेतीपाती र गाईभैँसी पाल्न छोडे, अहिले त पसल खोल्न, सामान बेच्ने, कोही विदेश जाने गर्छन्, दुःख कम छ अहिले त ।”

स्थानीय नरबहादुर पुनले नुन चामल बुटवलबाट बोकेर उपभोग गरेको अनुभव सुनाउँदै अहिले घरमै नुन तेललगायत चाहिने सामान आएको बताए । उनले त्यस बेलामा आफूहरुले निकै दुःख भोगेको स्मरण गर्दै अबका पुस्ताले त्यो समस्या भोग्न नपर्ने बताउछन् । “आजभन्दा ४० वर्षपहिले ११ दिन लगाएर बटौलीबाट नुन, तेल बोकेर खान्थ्यौँ, अहिलेको जस्तो घरघरमा आउने थिएन, बाटोमा बास बस्दै जानुपथ्र्यो, बास बस्दै आउनुपथ्र्यो धेरै दुःख थियो हजुर ऊ बेला, अहिले त जहाँ भन्यो त्यहीँ, जे भन्यो त्यहीँ पाइन्छ,” पुनले भने, “सुविस्ता ९सुविधा० भएको छ अहिले, हाम्रा छोरानातिलाई धेरै दुःख गर्नु पर्दैन, यो सुविस्ता म बुढोले पनि लिन पाएँ, निकै खुसी लागेछ, अझै परिवर्तन भइरहेको छ ।”

उनले पैदल हिँडेर नौ दिनमा बुटवल पुगेको भन्दै बाटोमा खाने खर्च बोकेर जाने गरेको समेत सुनाउए । पहिले नौ दिन लगाएर जाने बुटवल अहिले एकै दिनमा पुग्न सकिने पुन बताए । उनले भने “नुन ल्याउन जाँदा खर्चपर्च बोकेर जानुपथ्र्यो, बाटोमा बास बस्दै जान्थ्यौँ, पानी झरी गर्दा निकै कष्ट हुने गथ्र्यो, अहिले सबैथोक घरमै आउँछ, हामी नौ÷नौ दिन लगाएर जाने बटौलीमा अहिले त एकै दिनमा पुगिन्छ, उस्तै परे बिहान गएर बेलुकी खाना खान घरै आइन्छ, हेर्नु त कति परिवर्तन भयो अहिले रु अहिले यस्तो विकास देख्दा अचम्म लाग्छ ।”

स्थानीय प्रेमबहादुर पुन मगरले मोटरबाटोले यस क्षेत्रको मुहार फेरिदिएको बताए । उनले मोटरबाटो गाउँमा आएपछि धेरैलाई शिक्षित र सभ्य बनाएको भन्दै विकासका अन्य ढोकाहरु पनि खुला गरेको बताए । भर्खर–भर्खर विकासका कामहरुले गति लिन थालेको भन्दै पहिलेको जस्तो यहाँका नागरिकहरु पढ्नबाट वञ्चित र स्वास्थ्य उपचारबाट टाढा हुन नपरेको बताउछन् ।

“आजभन्दा १० वर्षपहिले यो ठाउँ निकै पिछडिएको थियो, धेरै नागरिक अशिक्षित थिए, यहाँ सामाजिक विकृति विसङ्गतिका धेरै घटना हुने गर्थे र बाहिरबाट कोही नयाँ मान्छे आयो भने बस्ने वातावरण पनि थिएन । तर अहिले धेरै परिवर्तन भएको छ”, उनले भने, “अहिले सबै तिर विकास हुँदैछ, बालबालिकाहरु पनि विद्यालय जान थालेका छन्, बिरामी पर्दा धामी झाँक्री गर्ने प्रचलन त छ तर अहिले सडकले गर्दा सरर बुर्तिबाङ अस्पतालमा पुगिहाल्छन्, उपचारका लागि पनि समस्या छैन ।”

उनले सडक सञ्जालले गाउँदेखि ढोरपाटन जोडिएपछि व्यापार व्यवसाय गर्नेहरुसमेत बढिरहेको बताए । उनले पहिले सामान लिन बुर्तिबाङ पुग्ने बाध्यता रहेको भन्दै अहिले त्यो समस्या हटेको बताउछन्। उनले भने, “पहिला त यहाँ पसलहरु पनि खासै थिएन, केही सामान चाहिएर किन्नु परेमा बुर्तिबाङ नै पुग्नुपर्ने बाध्यता थियो, तर अहिले त घरघरमै पसल छन्, सबै सामान गाउँमै किन्न सकिन्छ, पहिला घोडा खच्चडमा र भरिया लगाएर सामान लिने गर्थे, अहिले त्यो प्रचलन पनि हट्यो घोडा खच्चडको प्रयोग पनि कम हुन्छ ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले २०६६ सालमा बोबाङ गाउँ सडकले जोडिएको भन्दै त्यसयता बिस्तारै विकास हुँदै आएको बताए। अहिले यस क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेको बताउछन् । उनले भौतिक पूर्वाधारसँगै स्थानीयको जीवनस्तर उकास्नका लागि विभिन्न कार्यक्रमहरुसमेत ल्याएको बताउछन् ।

उपप्रमुख कायतले भने, “बोबाङ क्षेत्र पहिलेदेखि नै पिछडिएका ठाउँ हो, पहिले राज्यको नजर पुग्न सकेको थिएन, अहिले धेरै परिवर्तन आएको छ, विकासमै सडक मुख्य रहेछ, सडक पुगेपछि स्थानीयको जनचेतना पनि वृद्धि भयो, स्वास्थ्य, शिक्षालगायत विकासका पूर्वाधारले पनि यो ठाउँ जोडिँदै गएको छ, हामीहरुले अब गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारलाई ध्यान दिएका छौँ ।”

Artha Sanjal
मिती : १५ पुष २०७९, शुक्रबार १७:२४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

विदेशी मुद्राको विनिमय दर सार्वजनिक,कुन देशको कति ?

रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का

सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग

ताजा समाचार

  1. सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला
  2. विदेशी मुद्राको विनिमय दर सार्वजनिक,कुन देशको कति ?
  3. रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का
  4. सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
  5. सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् स् प्रधानमन्त्री प्रचण्ड
  6. पर्यटनमन्त्री किराती लुम्बिनीमा, गुरुयोजना पहिलो प्राथमिकता
  7. पाँच दिनदेखि मालपोतको कामकाज बन्द हुँदा सेवाग्राही मारमा

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.