

सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले १ करोड १५ लाख रुपैयाँ पारिश्रमिक बुझेका छन् ।
मनोज न्यौपानेले प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी सम्हाल्नु अघि बैंकमा तुलसीराम गौतम प्रमुख कार्यकारी अधिकृत थिए । उनले २०७८ असार २० मा राजीनामा दिएपछि केही समय न्यौपानेलाई कायममुकायम प्रमुख कार्यकारीको जिम्मेवारी दिए पछि २०७९ बैशाख १ बाट प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति भएका थिए ।
बैंकले प्रमुख कार्यकारीलाई ९२ लाख २७ हजार ४ सय ४१ रुपैयाँ तलब भत्ता, ७ लाख ५ सय रुपैयाँ दशैं खर्च, ४ लाख ३३ हजार ४ सय ५१ रुपैयाँ सञ्चय कोषमा योगदान स्वरुप र अन्य विविध शीर्षकमा १२ लाख २६ हजार ५ सय रुपैयाँ गरी कुल १ करोड १५ लाख ८७ हजार ८ सय ९२ रुपैयाँ भुक्तानी गरेको हो ।
Artha Sanjal
अर्थ सन्जाल