अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

पनौतीको ६१ प्रतिशत माटोमा अम्लियपन

  • अर्थ सन्जाल
  • १५ पुष २०७९, शुक्रबार १३:२०


पनौती नगरपालिकाको माटोमा ६१ प्रतिशत माटोमा अम्लियपन भएको पाइएको छ । नगर क्षेत्रका चार सय ६१ कृषकको खेतबारीमा चार दिन लगाएर गरिएको माटो परीक्षणमा माटोमा अम्लियपन देखिएको हो ।

प्रदेश राजधानी हेटौंडास्थित माटो तथा मल परीक्षण प्रयोगशाला तथा पनौती नगर कृषि तथा पशुपक्षी शाखाको संयुक्त आयोजनामा माटो परीक्षण गरिएको थियो ।

प्रयोगशालाका विज्ञ डा जनार्दन खड्काले पनौतीको माटोमा अत्यधिक अम्लियपना देखिएकाले यसलाई समस्याग्रस्त माटोका रुपमा लिइएको बताउनुभयो । ‘युरियालगायतका रासायनिक मल कम गरी कम्पोष्ट मलको अधिकतम प्रयोग गर्नु राम्रो हुन्छ’, खड्काले भने ।

पनौतीको माटोको अम्लियपना कम गर्न प्रयोशालामार्फत् २१ मेट्रिक टन कृषि चुन उपलब्ध गराइने खड्काले बताए । साथै प्रयोगशालाले समस्याग्रस्त माटो सुधार गर्न ‘भकारो सुधार’ कार्यक्रम सञ्चालन गरिने योजना बनाएको छ ।

खड्काले पनौतीका कृषकले आफ्नो खेतबारीमा प्राङ्गारिक पदार्थ पूर्ति हुने प्रकारका जैविक मल प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ‘रासायनिक मल र विषादी प्रयोगले माटो बिग्रिएको हो, यिनको प्रयोग कम गर्दै जाने हो भने माटोको अम्लियपना घट्दै जान्छ’, पनौती नपा–२ का अगुवा कृषक लक्ष्मण हुमागाईंले भने ।

रासायनिक मल र विषादी प्रयोग कम गर्दै जैविक मल तथा कृषि चुन प्रयोगपश्चात् माटोमा रहेको अम्लियपना न्यूनीकरण हुँदै उत्पादकत्व शक्ति बढ्दै जाने अपेक्षा गरिएको छ ।

बाग्मती प्रदेशअन्तर्गत काठमाडौँको दक्षिणकाली नगर, काभ्रेपलाञ्चोकको पनौती, चितवनको खैरेनी नगर, भक्तपुरको चाँगुनारायण नगर र ललितपुरको महाङ्काल गाउँपालिकामा भकारो सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ ।

खड्काका अनुसार छनोट भएका पाँच स्थानीय तहका जैविक मल प्रयोग गर्ने ५० कृषकका लागि रु १५ हजार अनुदानसमेत दिइनेछ ।

Artha Sanjal
मिती : १५ पुष २०७९, शुक्रबार १३:२० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’

सचिवको सरुवा र पदस्थापन

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

ताजा समाचार

  1. ‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’
  2. सचिवको सरुवा र पदस्थापन
  3. युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
  4. मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
  5. भ्यालेन्टाइन्स डेमा जगदम्बा मोटर्सले ल्यायो टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना
  6. विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
  7. मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

विजनेश फोकस

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, यस्ता छन...

बैंक खातासँग सम्बन्धित विवरण कसैलाई नदिन राष्ट्...

सेयर बजारमा ७६.६४ अंकको उछाल, कारोबारमा एनआईसी ...

क्यान इन्फोटेक मेला आजदेखि शुभारम्भ, सूचना प्रव...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.