

साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले उकालो लागेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले ओरालो लागेको हो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल