अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

शीतलहरले बालक वृद्धवृद्धा बढी प्रभावित

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


विगत केही दिनदेखि तराई–मधेसका जिल्लामा बाक्लो कुहिरोसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ । पश्चिम दिशाबाट चलेको चिसो हावाले अत्यधिक जाडो बढेपछि वृद्धवृद्धा, अशक्त तथा बालबालिका बढी प्रभावित भएका छन् ।

चिसोले बालबालिकामा निमोनियाको समस्या बढेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा प्रमोद यादवले बताए । रुघा खोकी, निमोनियाजस्ता समस्याबाट पीडित भएर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको बताइएको छ ।

चिसो बढेपछि बिहानीपखको चहलपहलमा कमी आएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले बताताए । चिसोबाट जोगिन ठाउँठाउँमा आगो बालिएको जनकपुरधाम उपमहानगरपालिका–१६ का परमेश्वर साह बताउँछन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आजको तापक्रम आठ डिग्रीमा झरेको र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस मापन भएको छ । चिसो बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको श्री जनता माविका शिक्षक वीरेन्द्र यादव बताउँछन् । उनले भने, “कतिपय विद्यालयमा अर्धवाषिक परीक्षा चलेकाले विद्यार्थी परीक्षाका लागि आएका छन् ।”

मधेस प्रदेशमा रहेका अतिविपन्न वर्गका व्यक्तिलाई पर्याप्त मात्रामा लुगाफाटा तथा ओढ्ने ओछ्याउने कपडा नभएकाले समस्यामा परेका दलित अभियन्ता रामप्रित दास बताउँछन् । कुहिरोले जनकपुरधाम–काठमाडौँ र काठमाडौँ–जनकपुरधाम विमान सेवा आंशिकरूपमा प्रभावित बनेको बुद्ध एयरका जनकपुरधाम प्रमुख विजयप्रसाद सिंहले बताए ।

जाडो बढेपछि त्यसबाट सुरक्षित रहन गरिब, विपन्न तथा यात्रीलाई लक्षित गरेर जनकपुरको ठाउँठाउँमा दाउरा ल्याएर आगो बालिएको छ । जनकपुरधाम उपमहानगरपालिका, स्थानीय सुरक्षा निकाय तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा आगो बाल्ने काम भएको हो ।

आगो बाल्ने कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठसहितका सुरक्षा निकायको सहभागिता थियो ।

Artha Sanjal
मिती : १४ पुष २०७९, बिहीबार २२:०० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

ताजा समाचार

  1. ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी
  2. करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
  3. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  4. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  5. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  6. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  7. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.