

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले गत आर्थिक वर्षमा तलव भत्ता बापत कूल ४ कराेड ३ लाख २० हजार रूपैयाँ बुझेका छन् ।
उनले तलव/भत्ता बापत ३ करोड ३ लाख ३ हजार रूपैयाँ, कर्मचारी बोनस बापत ५६ लाख ९४ हजार रूपैयाँ र दशैँ तथा बिदा भत्ता बापत ४३ लाख २३ हजार गरी कूल ४ कराेड ३ लाख २० हजार रूपैयाँ बुझेका हुन् ।
आर्थिक वर्ष (२०७७/७८) मा शेरचनले तलव/भत्ता बापत कूल ३ करोड ५३ लाख रुपैयाँ बुझेका थिए । उनले भत्ता बापत २ करोड ७४ लाख रूपैयाँ, कर्मचारी बोनस ४१ लाख ६५ हजार रूपैयाँ र बिदा बापत ३७ लाख ३६ हजार रूपैयाँ बुझेका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सीईओको तलब बढेको छ ।
प्रभु बैंकले अघिल्लाे आर्थिक वर्ष (२०७७/७८) काे मुनाफाबाट बैंककाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
तर आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंककाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई मात्र ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।अघिल्लाे वर्षकाे तुलनामा यस वर्ष बैंकले लगानीकर्ताहरूलाई वितरण गरेकाे लाभांश लगभग आधाले घटेकाे हो ।
अर्थ सन्जाल