अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

उखु, बेसार र अदुवा उत्पादन गर्दै सहकारी

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


बागलुङको सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले उखु बिक्री गर्न थालेको छ वर्ष पुग्यो । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छ । सहकारी संस्थाले अहिले प्रतिवर्ष १५ देखि २० क्विन्टल उखु बिक्री गर्दै आएको छ ।

यस वर्षको उखु प्रतिकेजी रु १५ का दरले बिक्री गरिएको सहकारीका अध्यक्ष चुडामणि उपाध्ययले जानकारी दिए । संस्थाले बागलुङ नगरपालिका–४ कुडुँलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसार खेती र बागलुङ नगरपालिका–७ तितौरेमा दुई रोपनी जग्गामा अदुवा खेती गर्दै आएको छ ।

कतिपय सहकारीहरू उद्देश्यअनुरुप नचलेको सन्दर्भमा सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले थोरै लगानीमा भए पनि उखु, बेसार र अदुवा खेती गरेको छ । “सहकारीको सानो प्रयासमात्रै भएको छ, बजारीकरणका लागि उखु र बेसार पेल्ने औजार खरिद गरेका छौँ, सेयर सदस्य किसानले समेत उत्पादन गरेको उखु, बेसार र अदुवा पिसेर ब्राण्डिङ गरेर बिक्री गर्ने सहकारीको लक्ष्य छ”, अध्यक्ष उपाध्ययले भने “उत्पादन गर्ने क्षमता बढाउँछौँ, किसानको उत्पादनलाई समेत खरिद गर्नेछौँ र सहकारीको नामबाट बजारीकरण गर्ने हाम्रो लक्ष्य हो ।”

संस्थाले सेयर सदस्यलाई समेत व्यावसायिक उत्पादनमा जोड दिनका लागि सापटमा बेसारको बीउसमेत उपलब्ध गराउँदै आएको सहकारीका कोषाध्यक्ष तथा अगुवा कृषक जग्गन्नाथ सापकोटाले बताए । उनले उत्पादन भइरहेको बेसारलाई बीउका रूपमा सेयर सदस्यलाई सापटी दिइएको छ भने अहिले उत्पादन भएको बेसारलाई खनेपछि बिक्री गर्ने लक्ष्य सहकारीको छ ।

“गत वर्ष पाँच क्विन्टल बेसार उत्पादन भएको थियो, केही किसानलाई बीउको रूपमा वितरण गरियो, अहिले पानी परेपछि बेसार खन्ने तयारीमा छौँ”, सापकोटाले भने ।

उनले पाँच केजी अदुवाको बीउ दिएको कृषकलाई उत्पादनपछि छ केजी फिर्ता गर्नेगरी किसानलाई प्रवद्र्र्धन गरिरहेको बताउँदै सापकोटाले सेयर सदस्य किसानको उत्पादनलाई बजारीकरण समेत गर्न सहयोग गरिरहेको बताए । कोषध्यक्ष सापकोटाका अनुसार सहकारी संस्थाको सेयरपूँजीको ४० प्रतिशतभन्दा बढी लगानी व्यावसायिक उत्पादनमा लगाउने गरी सहकारी अगाडि बढेको छ ।

हाल सहकारीमा सात सय ७३ सेयर सदस्य रहेका छन् भने रु एक करोड ३३ लाख सेयरपूँजी रहेको छ । सहकारीले २०७५ सालबाट भिमापोखरामा उखुखेती गरेको छ भने दुई वर्षदेखि कुडुँलेमा बेसार र तितौरेमा अदुवा खेती गरिरहेको छ ।

सहकारीले साधारणसभाको अवसरमा सेयर सदस्यलाई तरकारी खेती गर्नका लागि निःशुल्क बीउ वितरण गर्दै आएको छ । सहकारीले कृषिप्रति आकर्षण गराउनका लागि विभिन्न स्थानमा पुगेर कृषि मेला प्रदर्शनी गर्ने कृषि ज्ञान केन्द्रसँग मिलेर धान दिवस मनाउने, सहुलियत मूल्यमा संस्थाबाट नियमित बीउ बिक्री गर्ने र सेयर सदस्यले पालेको पशुको निःशुल्क गोबर परीक्षण र औषधि वितरणसमेत गर्दै आएको छ ।

Artha Sanjal
मिती : १४ पुष २०७९, बिहीबार १६:०८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ताजा समाचार

  1. करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
  2. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  3. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  4. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  5. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  6. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
  7. अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.