

सेञ्चुरी कमर्सियल बैंकको बाह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । सभाले सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने अन्तिम सम्झौंता स्वीकृत गरेको छ।
साधारणसभाले सेयरधनीहरुलाई आव २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनश सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाँडलगायतका प्रतिवेदन पारित गरेको छ।
साथै साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।
चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्ब र कर्जा रकम ६६.९३ अर्ब रुपैयाँ परिचालन गरी २२.०२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
अर्थ सन्जाल