

साताकाे अन्तिम कारोबार दिन सेयरबजार खुलेको केही समयमा नै एनआइसी एशिया बैंकको सेयर सर्वाधिक खरिदबिक्री भएको छ ।
यो समाचार तयार पार्दासम्म बैंकको एक करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । साथै बैंकको सेयरमूल्य १४ रुपैयाँले बृद्धि भई ७०३ रुपैयाँ पुगेको छ । सेयरमूल्य बढेसँगै बैंकका सेयरधनीहरुले धमाधम सेयर खरिदबिक्री गर्न लागेका हुन् ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको पुँजीकोष पुर्याउन नसक्दा एनआइसी एशियालाई राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको हो ।
Artha Sanjal
अर्थ सन्जाल