

सिटिजन्स बैंकले ५ हजार ९२१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी संस्थापक समूहको उक्त सेयर बिक्रीमा ल्याएको हो । बैंकले उक्त सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ मूल्य तोकेको छ ।
यो सेयर खरीदका लागि यस अघि विद्यमान संस्थापक शेसेयरधनीहरूलाई प्राथमिकतामा राखेर बिक्री खुला गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणमा यो शेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
प्रचलित कानुन बमोजिम यो शेयर खरीद गर्न योग्य सर्वसाधारण व्यक्ति तथा संस्थाहरुले आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन दिनुपर्ने जानकारी बैंकले दिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल