

नेपाली बजारमा (बिहीबार) सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल