अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

दुई रणनीतिक सडक कालोपत्रे गरिँदै

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रका सडकमा अहिले धमाधम सडक निर्माणको काम भइरहेको छ । सडक कालोपत्रेका आगि अहिले दुई सडकमा धमाधम पूर्वाधारको काम भइरहेको छ ।

बागलुङको गलकोट नगरपालिका–५ हरिचौरदेखि बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक र बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडकमा अहिले धमाधम काम भइरहेको छ ।

क्षेत्र नम्बर २ अन्तर्गतको गलकोट नगरपालिका–५ हरिचौरदेखि बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक कालोपत्रेका लागि आवश्यक स्तरोन्नतिको काम अहिले धमाधम भइरहेको गलकोट नगरपालिका–७ का वडाध्यक्ष राजबहादुर थापाले बताए । सिङ्गै पश्चिम बागलुङको विकासमा उक्त सडक मेरुदण्डका रुपमा रहने बताउँदै थापाको कामले तीव्रता पाउन थालेको बताए ।

यस्तै बागलुङ नगरपालिका–३ बोक्सेदेखि सिगाना हुँदै बौडेचौर पुग्ने सडक कालोपत्रेका लागि धमाधम पूर्वाधार निर्माण भइरहेको छ । सडक डिभिजन कार्यालय बागलुङका अनुसार हरिचौरदेखि प्यूठान जोड्ने सडक रु ३० करोड ४३ लाखको ठेक्कामार्फत आयोजनाको काम अगाडि बढाएको हो । उक्त बजेटबाट आवश्यक पूर्वाधारसहित आठ किमि सडक कालोपत्र गरिने निर्माण कम्पनी लोपूर्ण कन्सट्रक्सन प्रालिका प्रबन्धक अमिन लामाले बताए । सुरुको चरणमा मल्म र हरिचौरदेखि गरी दुई खण्डमा कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।

‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत बागलुङ बजारदेखि सिगानासम्मको सडक कालोपत्रेका लागि अहिले धमाधम सडक चौडा पार्ने, ग्याबिन लगाउने र नाली काट्ने काम भइरहेको छ । सडक कालोपत्रेको जिम्मा पाएको ठेकेदार कम्पनीले कात्तिक पहिलो साताबाट काम सुरु भएकोमा अहिले पाँच किलोमिटर सडक चौडा पार्ने काम सम्पन्न भइसकेको छ । अहिले चौडा पारिएको सडकमा ग्याबिन लगाउने र पर्खाल लगाउने काममा लागिएको सडक कालोपत्रेको जिम्मा पाएको कर्ण विल्र्डसका इन्जिनियर विपिन क्षेत्रीले बताए ।

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रेका लागि एक महिनाअघिबाट मात्रै काम सुरु भएको थियो । साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्रे गर्ने गरी अहिले बोक्से खाल्टाबाट सडक चौडा पार्नेकाम सुरु गरिएकोमा निर्माण व्यवसायीले सम्झौता अगावै सडक कालोपत्रे सक्ने लक्ष्यका साथ काममा बढिरहेको निर्माण कम्पनीले जनाएको छ ।

बागलुङका दुईवटै रणनीतिक सडकमै धमाधम काम भइरहेको र अहिले सडकको पूर्वाधार ग्याबिन, कल्र्भट, पर्खाल तथा नाली बनाउने गरी सडक चौडाको काम धमाधम भइरहेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर कृष्णबहादुर खड्काले बताए । साढे दुई वर्षमा कालोपत्रे गरी सक्ने गरी चालु आर्थिक वर्षमै पूर्वाधारको काम सक्ने गरी दुईवटै सडकका निर्माण कम्पनीले कामलाई तीव्रता दिएपछि स्थानीयसमेत खुसी भएका छन् । निर्वाचन क्षेत्र एक रणनीतिक सडक सोही क्षेत्रका अघिल्ला प्रत्यक्ष निर्वाचित सांसदको सिफरिसमा छनोट भएको थियो ।

Artha Sanjal
मिती : १३ पुष २०७९, बुधबार २१:४१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार

ताजा समाचार

  1. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  2. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  3. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  4. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  5. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
  6. अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण
  7. वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.