अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

विदेशबाट फर्किएका युवाको सहकारी: एक वर्षमा ४४ लाखको दूध बिक्री

  • अर्थ सन्जाल
  • १३ पुष २०७९, बुधबार १७:००


वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाख रुपैयाँको दूध बिक्री गरेको छ ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा ४४ लाख रुपैयाँ बढीको दूध बिक्री गरेका हुन् । साविक कुश्मीशेरा गाविस–३ र ४ बाट वैदेशिक रोजगारीबाट फर्केका युवाको सहभागितामा सहकारी सुरु गरिएको थियो । यस वर्ष मात्रै सहकारीले दूध निर्यातबाट ४१ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । गाउँमै दूध बिक्री गरेर झण्डै तीन लाख रुपैयाँ आम्दानी गरेको संस्थाका अध्यक्ष विकास पौडेलले बताए ।

अधिकांश शेयर सदस्य वैदेशिक रोजगारीबाट फर्केका युवा रहेको सहकारीले व्यावसायिक पशु पालनमा जोड दिँदै आएको छ । विदेशमा हुने मेहनत आफ्नै माटोमा गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सहकारीले प्रस्तुत गरेको पौडेलले बताए । ‘हाम्रो सहकारीमा आवद्ध अधिकांश किसानले दुई वा दुईभन्दा बढी गाईबस्तु पालेका छन्, धेरै युवाको व्यावसायिक फार्म छ’, पौडेलले भने, ‘विदेशबाट फर्केपछि आम्दानीको स्रोत नै दूध हो ।’ सहकारीको दूध पोखरा, बागलुङ र कुश्मा लगायतका बजारमा बिक्री हुने गरेको सहकारीका सहसचिव गुरुप्रसाद शर्माले बताए ।

सहकारीले उत्पादन गरेको दूधमा जैमिनी नगरपालिका र गण्डकी प्रदेश सरकारले उत्पादन प्रोत्साहन दिँदै आएका छन् । बितेको एक वर्षमा दुवै निकायबाट एक लाख २७ हजार छ सय ११ रुपैयाँ उत्पादन प्रोत्साहन सहकारीले पाएको छ । ‘बजार टाढा हुँदा ढुवानीमा समस्या छ, वर्षामा दूध बजार पुर्‍याउनै कठिन छ’, शर्माले भने, ‘समयमा दूधको भुक्तानी पाउने र बाह्रै महिना बजारको समस्या नहुँदा उत्पादन अझै बढी हुन्छ ।’

शेयर सदस्यले अनिवार्य दूध उत्पादन गर्नुपर्ने व्यवस्था सहकारीले गरेको छ । वार्षिक दुई सय ५० लिटर दूध उत्पादन नगर्ने शेयर सदस्यलाई जरिवाना लगाउने र धेरै उत्पादन गर्ने शेयर सदस्यलाई उत्पादनका आधारमा प्रोत्साहन दिने गरिएको छ । जैमिनीमा उत्पादित दूधको मूल्य किसानले ६५ देखि ७५ रुपैयाँ प्रतिलिटर पाउँछन् भने सहकारीले ८० देखि ८५ रुपैयाँ प्रतिलिटरमा बजार पठाउने गरेको छ ।

Artha Sanjal
मिती : १३ पुष २०७९, बुधबार १७:०० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल

बढ्यो सुनको मूल्य , चाँदीको स्थिर

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

ताजा समाचार

  1. मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल
  2. बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
  3. सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
  4. सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला
  5. विदेशी मुद्राको विनिमय दर सार्वजनिक,कुन देशको कति ?
  6. रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का
  7. सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.