अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

बजारीकरणमा सहयोगी बन्दै जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल

  • अर्थ सन्जाल
  • १३ पुष २०७९, बुधबार १६:१४


हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहयोगी भएका छन् । यसका साथै यी पुलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्नसमेत सहज भएको छ ।

पहाडी जिल्लामा सडक अभावका कारण सवारीसाधन सञ्चालन हुन सक्दैनन् । त्यसैले स्थानीयले आफ्ना उत्पादन डोकोमा बोकेर सहरसम्म पुर्याउन पनि समस्या हुने गर्दछ । तर यी पुलका कारण खोला या नदिकिनारसम्मै पुग्ने र सहर उक्लिनुपर्ने अवस्था नहरकेकाले पुलबाटै उत्पादन बजारसम्म पुर्याउन सजिलो भएको छ ।

जिल्लाका विभिन्न स्थानमा स्टिलद्वारा निर्माण भएका ८० वटा यस्ता पुलले कृषि उत्पादनको बजारीकरण गर्न तथा आवतजावतमा सुविधा भएको हो । गाउँमा उत्पादन भएका फसल तथा अन्य कृषिजन्य उत्पादनले बिक्री हुन थालेपछि स्थानीयको जनजीवनमा समेत सकारात्मक परिवर्तन देखिएको रघुगङ्गा गाउँपालिका– ६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुंर्जाले बताए ।

विगतमा जिल्लाका दुर्गम तथा पिछडिएका स्थानका खोलामा पुलको अभावले वर्षायाममा आउने बाढीका कारण स्थानीयले कष्टपूर्ण जीवन बिताउँदै आएका थिए ।

म्याग्दीमा निर्माण गरिएका झोलुङ्गे पुल सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, तात्कालीन जिल्ला विकास समिति, अन्तर्राष्ट्रिय संस्था कादुरी, बिबिएलको आर्थिक सहयोगमा अत्यधिक रुपमा निर्माण गरिएका छन् । म्याग्दीको रत्नेचौर र बागलुङको कुडूले जोड्ने ठूलो खोलामाथि निर्माण गरिएको तीन सय ८८ सय मिटर लामो झोलुङ्गे पुल जिल्लाकै सबैभन्दा लामो पुल मानिन्छ ।

पुल बनेपछि रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदल मार्ग हुँदै बेनी बागलुङ गर्ने सर्वसाधारणका लागि सहज भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरका निवर्तमान वडाअध्यक्ष टेकबहादुर रावलले यो पुलले आवतजावतमा सहजताका साथै रत्नेचौरमा पर्यटकको चहलपहल बढाउन सहयोग पुगेको बताए । रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबारलगायतका गतिविधि गर्ने भएकाले पुलले सुविधा पुगेको उनको भनाइ छ ।

त्यसैगरी बागलुङको पञ्चकोट, कुँडूलेमा रहेको शालग्राम सङ्ग्रहालयको अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नुका साथै रत्नेचौरको खेलमैदान, श्री लक्ष्मीहरि मन्दिर, धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानव निर्मित बुढोपोखरीको पर्यटन विकासमा सहयोग पुग्ने रत्नेचौरका युवा भरत खत्रीले बताए ।

यसअघि रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने तीन सय ६५.८० मिटर लामो र एक सय ४८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको थियो । एक वर्षअघि मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने तीन सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । म्याग्दीका ग्रामीण तथा पिछडिएका क्षेत्रमा झोलुङगे पुललाई पक्की पुलको विकल्पको रूपमा समेत लिइएको छ । रासस

Artha Sanjal
मिती : १३ पुष २०७९, बुधबार १६:१४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन

हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)

ताजा समाचार

  1. फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
  2. आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन
  3. हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर
  4. स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)
  5. सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहकलाई विशेष छुट
  6. नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच
  7. बजारमा आउन थाले विसं २०८० का पात्रो

विजनेश फोकस

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अन्त: शुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य प...

वाणिज्य विभागद्वारा दुई रेष्टुराँलाई एक-एक लाख ...

सिभिललाई प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्त...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.