

मान्डु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पुस ११ आवेदन दिँदै आईपीओ निष्कासनका लागि अनुमति मागेको हो।
सेबोनले अनुमति दिएमा यो कम्पनी १०० रुपैयाँ अंकित मूल्यमा १४८ गरी २४८ प्रतिकत्ताका दरले आईपीओ बिक्री गर्नेछ।
कम्पनीले कुल ४० करोड ५८ लाख १९ हजार ७६० रुपैयाँबराबरको आईपीओ जारी गर्न अनुमति मागेको छ। जसअनुसार कम्पनीले १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ बिक्री खुलाउनेछ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ। यो आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
Artha Sanjal
अर्थ सन्जाल