

नेपाल राष्ट्र बैंकले २५ वाणिज्य बैंकलाई ग्राहकसँग नियम विपरित असुल गरेको रकम फिर्ता गर्नफिर्ता गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले नियम विपरित ग्राहकसँग असुल गरेको रकम फिर्ता गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकका अनुसार कृषि विकास बैंक बाहेकमा २५ वाणिज्य बैंकले ग्राहकसँग नियम विपरित ४ अर्ब ६६ करोड ८ लाख रुपैयाँ असुल गरेको पाइएको छ ।
बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि ग्राहकको खातामा नियम विपरित असुल गरेको रकम फिर्ता गर्न सुरु गरेका छन् । ग्राहहकसँग नियम विपरित असुल गरेको रकम फिर्ता गर्न सुरु गरेका २५ वाणिज्य बैंकलाई साधारणसभा गर्ने अनुमति राष्ट्र बैंकले दिएको छ ।
राष्ट्र बैंकबाट साधारण सभा गर्ने अनुमति पाएका बैंक मध्ये एनआइसी एसिया बैंकले सबै भन्दा बढी रकम फिर्ता गर्नु परेको छ । एनआइसी एसिया बैंकलाई सबैभन्दा धेरै ४८ करोड रुपैयाँ फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
धेरै रकम फिर्ता गर्नु पर्ने बैंक मध्ये दोस्रो नम्बरमा रहेको नबिल बैंकलाई नियम विपरित असुल गरेको ४७ करोड रुपैयाँ ऋणीको खातामा फिर्ता गर्न निर्देशन दिइएको छ ।
त्यसैगरी, ग्लोबल आइएमइ बैंकले ४५ करोड, सिद्धार्थ बैंकले ३२ करोड ५० लाख रुपैयाँ, बैंक अफ काठमान्डू र प्राइम कर्मसिलय बैंकले २६ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले २४ करोड ५० लाख रुपैयाँ ग्राहकको खातामा फिर्ता गर्नु परेको छ ।
यस्तै, कुमारी बैंकले २० करोड रुपैयाँ, सनराइज बैंकले १९ करोड १० लाख रुपैयाँ, एनएमबी बैंकले १६ करोड ३० लाख रुपैयाँ, एभरेष्ट बैंकले १५ करोड ४० लाख रुपैयाँ, नेपाल बैंक लिमिटेडले १५ करोड रुपैयाँ, प्रभु बैंकले १५ करोड रुपैयाँ र लक्ष्मी बैंकले १३ करोड ३० लाख रुपैयाँ फिर्ता गर्नुपरेको राष्ट्र बैंकले जनाएको छ ।
हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकले १२ करोड रुपैयाँ फिर्ता गर्नुपरेको छ भने माछापुच्छ्रे बैंकले ११ करोड ७० लाख रुपैयाँ, सिभिल बैंकले ११ करोड २० लाख रुपैयाँ रुपैयाँ फिर्ता गर्नुपरेको छ ।
यता, मेगा बैंक र सानिमा बैंकले ११ करोड रुपैयाँ, एनसीसी बैंकले ८ करोड ५० लाख रुपैयाँ, सेन्चुरी बैंकले ६ करोड ५० लाख रुपैयाँ र एसबीआई बैंकले ६ करोड ७५ लाख रुपैयाँ नियम विपरित असुल गरेको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन् ।
साधारणसभा गर्न स्विकृति पाएका बैंकहरु मध्ये स्टयाण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम रकम फिर्ता गर्नु परेको छ । सो बैंकले ४० लाख रुपैयाँ फिर्ता गर्नु परेको छ ।
कृषि विकास बैंकको वित्तीय विवरण भने हालसम्म स्वीकृत स्वीकृत भएको छैन । बैंकले राष्ट्र बैंकसमक्ष वित्तीय विवरण पेशमा ढिलाई गरेकोले बैंकको वित्तीय विवरण हेर्न बाँकी रहेको राष्ट्र बैंक सुपरिवेक्षण विभागका प्रमुख देव ढकालले जानकारी दिए ।
राष्ट्र बैंकको ताकेतापछि ग्राहकको खातामा बढी असुल गरेको ब्याज फिर्ता गर्नु पर्दा बैंकको नाफा समेत घटेको छ । गत आर्थिक वर्षको असार मसान्तमा सार्वजनिक वित्तीय विवरणमा आम्दानी देखाएको ब्याज रकम बैंकले ग्राहकलाई फिर्ता गर्नु परेको हो ।
अर्थ सन्जाल