

नेपाली बजारमा (बुधबार) पनि सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ६०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ७०० रुपैयाँ र तेजाबी सुन १ लाख २०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल