अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

‘रवि लामिछाने विदेशी नागरिक हुन्, गृहमन्त्री बनाउनु गलत’

  • अर्थ सन्जाल
  • १२ पुष २०७९, मंगलवार २१:३७


नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको टुंगो नलगाई गृहमन्त्री बनाउनु गलत भएको बताएका छन् । उनले अदालतले अन्तिम टुंगो नलगाएसम्म लामिछाने विदेशी नागरिक भएको समेत दाबी गरे ।

मंगलबार संवाद डबलीमा आयोजित पार्टी निकट अखिल नेपाल जनसांस्कृति महासंघको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बास्तोलाले भने, “जो विदेशी नागरिक गृहमन्त्री हुन्छ, अदालतमा मुद्धा हुँदाहुँदै जो गृहमन्त्री भयो, यही व्यवस्थामा पनि अदालतको फैसला नभएसम्म त्यो गर्न पाइँदैन । यसले के देखाउँछ भने यहाँ कुनै नैतिकता छैन । विदेशी नागरिकलाई नेपालको गृहमन्त्री बनाउन भनेको नेपाल र नेपालीमाथि गम्भीर घात हो ।” उनले अदालतको फैसाला आएपछि मन्त्री बनाइनु स्वाभाविक भएपनि सत्ताको लागि अन्य नेताहरुले गल्ती गरेको बताए ।

त्यसैगरी गृहमन्त्री लामिछानेले सत्तामा पुग्न भ्रष्टाचार निवारण आयोगको कुरा उठाएको बताउँदै बास्तोलाले त्यस्तो आयोगको पहिला छानविनमा उनी आफै पर्ने दाबी गरे । उनले आफूसँग नाम जोडिएर मृत्यु भएका सालिकराम पुडासैनीलाई न्याय दिन सक्नु र अदालतको फैसालले निर्दोष सावित भएर काम गर्न रविलाई शुभकामना समेत बास्तोलाले दिए ।

सच्चा कम्युनिस्ट पार्टीबीच एकता आवश्यकता रहेको बताउँदै संयोजक बास्तोलाले सरकारभित्र रहेका कम्युनिस्ट पार्टीले देश र जनतालाई भ्रम छरेको बताउँदै सबैले गल्ती स्वीकार गरी नयाँ आधारमा एकता आवश्यकता रहेको बताए । संसदवादी पार्टीप्रति जनताको निरासा र वितृष्णा रहेको चुनावले देखाएको बास्तोलाले बताए ।

संयोजक बास्तोलाले अहिले सरकारमा गएका व्यक्तिहरुले आम नेपाली जनताको प्रतिनिधित्व गर्न नसक्ने बताए । जनताको बहुमतबाट चुनिएको व्यक्तिलाई मात्रै शासन गर्ने अधिकार हुने उनले बताए । एक अर्को प्रसंगमा बोल्दै बास्तोलाले नेपाल राष्ट्र बैंकले विदेशी दलाल पुँजिपति वर्गको सेवा गरेकै कारण देशमा आर्थिक संकट पैदा भएको बताए ।

उनले भने, ‘नाममात्र नेपाल राष्ट्र बैंक हो, नामले नेपालको मानिएपनि काम भने विदेशी दलाल वर्गको गरिरहेको छ । भेलाले खेप थपलियाको अध्यक्षतामा ९९ सदस्यीय समिति चयन गरेको छ ।’

Artha Sanjal
मिती : १२ पुष २०७९, मंगलवार २१:३७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘टाइगर कप’मा चम्केका रवि केसी

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

ताजा समाचार

  1. ‘टाइगर कप’मा चम्केका रवि केसी
  2. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  3. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  4. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  5. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  6. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  7. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.