

पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई २०९ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्यटिङ रोजेको काठमाडौंले एलेक्स ब्लेकको सानदार ब्याटिङको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनायो ।
काठमाडौंका लागि ब्लेकले ४३ बलको सहयोगमा अविजित ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४ चौका र ७ छक्का प्रहार गरे । यस्तै विरनदिप सिंहले ४९ तथा अज्मतुल्ला उमरजाइले १५ बलमा ४३ रनको अविजित पारि खेले । लोकेस बम १५ रनमा आउट भए ।
यता जनकपुरका लागि पवन सराफले २, सोमपाल कामी, शरफुदिन असरफ, आदिल आलम र जितेन्द्र मुखियाले समान १/१ विकेट लिए । यसअघि दुई खेलमा लगातार दुई जित हात पारेको जनकपुर तेस्रो जितको खोजीमा रहेको छ । जनकपुर २ खेलमा ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यता काठमाडौं दोस्रो जितको खोजिमा रहेको छ । पहिलो खेलमा जित निकाललेको काठमाडौं दोस्रो खेलमा पराजित भएको थियो ।
अर्थ सन्जाल