अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नयाँ सरकार गठनसँगै सेयर बजारमा १६६ अंकको वृद्धि, नेप्सेले चुम्ला त नयाँ उचाइ ?

  • अर्थ सन्जाल
  • १२ पुष २०७९, मंगलवार १५:२७


नयाँ सरकार गठनसँगै सेयर बजारले गति लिएको छ । लामो समयदेखि शिथिल बनेको सेयर बजार सरकार गठन भएसँगै हरियाली बनेको हो ।

विशेष गरी राजनीतिक अवस्थाले सेयर बजारलाई ठूलो प्रभाव पार्ने हुँदा लगानीकर्ताहरुले आफ्नो मनोबल बढाउन सकेका थिएनन् । जसका कारण सेयर बजार बढ्न सकेको थिएन ।

सरकार गठनसँगै सोमबार र मंगलबार सेयर बजारमा उछाल आएको छ । नयाँ सरकार गठनपछि २ दिनमा सेयर बजारमा १६६.७३ अंकको उछाल आएको छ । सोमबार सेयर बजारमा ५६.८६ अंकले बढेको थियो । आज पनि सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । आज अर्थात् मंगलबर सेयर बजार मापक नेप्से परिसूचक ५९.८७ अंकले अर्थात् ३.११ प्रतिशतले बढेको छ । यो सँगै नेप्से परिसूचक १९८३.९५ बिन्दुमा पुगेर आजको कारोबार रोकिएको छ ।

राजनीतिक अन्यौताका बीच खस्किएको नेपाली सेयर बजार अब लयमा फर्कनेमा लगानीकर्ताहरु विश्वस्त छन् ।

यता ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १०.६० अंकले बढेर ३८६.०५ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर २६१ कम्पनीको एक करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर खरिदबिक्री भएको छ । आज कारोबार रकममा समेत उछाल आएको छ । आज झन्डै ४ अर्ब हराहरीको कारोबार भयो । यस दिन ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । सोमबार अर्थात् हिजो २ अर्ब ९ करोडभन्दा माथिको कारोबार भएको थियो ।

यस दिन २०२ कम्पनीको सेयरमूल्य बढेको छ भएन ८ कम्पनीको मात्र सेयरमूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्यमा भएन कुनै परिवर्तन आएको छैन ।

यस दिन ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इन्स्योरेन्स, मल्टीपपर्स फाइनान्स, अजोड इन्स्योरेन्स र सृजनशील लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

आँधीखोला लघुवित्तको सेयरमूल्य भने २.६३ प्रतिशतले घटेको छ ।

आज लक्ष्मी बैंकको सर्वाधिक २० करोड ९४ लाख ९० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसैगरी नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, नबिल बैंक, एनआईसी एसिया बैंकको पनि १० करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

लगानीकर्ताहरु नवनियुक्त अर्थमन्त्रीलाई सेयर बजारले स्वागत गरेको बताउँछन् । उनीहरु अब सेयर बजार बुम बुम हुने प्रतिक्रिया व्यक्त गरिरहेका छन् । अर्थमन्त्रीको आगमनसँगै सेयर बजारले नयाँ उचाइ लिनेमा लगानीकर्ताहरु विश्वस्त बनेका छन् । त्यति मात्र होइन अर्थमन्त्री र गभर्नर एउटै पार्टीको भएको हुँदा अर्थतन्त्रमा समेत सुधार आउने लगानीकर्ताको विश्वास छ ।

यतिमात्र होइन सरकारले तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्र गतिशील बनाउने निर्णय समेत गरेको छ । जसको कारण पनि लगानीकर्ताको मनोबल झनै बलियो बनेको छ । कतिपयले कारोबार रकममा समेत उछाल आएकोले ठूला लगानीकर्ता बजार प्रवेश गरेको आंकलन समेत गरेका छन् ।

Artha Sanjal
मिती : १२ पुष २०७९, मंगलवार १५:२७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन

हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)

ताजा समाचार

  1. फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
  2. आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन
  3. हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर
  4. स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)
  5. सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहकलाई विशेष छुट
  6. नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच
  7. बजारमा आउन थाले विसं २०८० का पात्रो

विजनेश फोकस

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अन्त: शुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य प...

वाणिज्य विभागद्वारा दुई रेष्टुराँलाई एक-एक लाख ...

सिभिललाई प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्त...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.