

यो समाचार तयार पार्दा (१ बजे)सम्म सेयर बजारमा १ अर्ब ८७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज बजार खुलेको २ घन्टामै १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। हिजो दिनभरको कारोबारमा २ अर्ब बढीको कारोबार भएको थियो।
अहिलेसम्म नेप्से परिसूचक ४८.७९ अंकले बढेर १९७२.८८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.१९ अंकले बढेर ३८४.६३ विन्दुमा उक्लिएको छ । यो अवधिमा ५४ लाख ५५ हजार ३७२ कित्ता सेयर किनबेच भएका छन्।
अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै सेयर बजारमा सुधार आएको छ। नवनियुक्त अर्थमन्त्रीप्रति लगानीकर्ताको विश्वास र आशा बढ्दा बजार सूचक र कारोबारमा सुधार भएको देखिन्छ।
यो बेलासम्म मल्टीपर्पस फाइनान्स र श्रृजनशील लघुवित्तको सेयरभाउमा १० प्रतिशत र कालिकाको पावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर सर्किट लागेको हो।
अर्थ सन्जाल