

सूर्यज्योती लाइफ इन्स्योरेन्सले जीवन बीमा कम्पनीकै पहिलो सफल मर्जरको रुपमा भव्य समुद्घाटन गरेको छ । पुस ७ गतेदेखि नै एकिकृत कारोबारको शुभारम्भ गरेको कम्पनीले सोमबार नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यतामा भव्य समुद्घाटन गरेको हो ।
योसँगै पूँजीका हिसाव पनि सूर्यज्योति तेस्रो ठूलो कम्पनी बन्न सफल भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तोकिएकै समयमा सफल मर्जर सम्पन्न गर्न सफल भएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सिलवालले तोकिएकै समयमा सफलतापुर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले कम्पनीको यस उपलब्धीलाई स्वर्ण अक्षरमा लेखिने प्रतिकृया दिएका थिए । जीवन बीमा क्षेत्रमा सूर्यज्योतिले ट्रेण्ड सेट गरेको भन्दै उनले यस उपलब्धीले अन्य कम्पनीहरुलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए ।
नेपालमा जीवन बीमाको पहुँच सावधिक बीमाभन्दा पनि आवधिक बीमा पोलिसीले ४० प्रतिशत पुगेको भन्दै सावधिक जीवन बीमामा जोड दिन अनुरोध गरेका छन् ।
कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टाइले मर्जरका क्रममा दुबै पक्षले निष्पक्ष रुपमा काम गरेको हुँदा समस्या जटिल समस्या उत्पन्न नभएको बताए ।
यस्तै नेपाल बिमाक संघका अध्यक्ष पोषक पौडेलले जीवन बीमा क्षेत्रकै पहिलो मर्जर सम्पन्न गर्न सफल बनेकोमा सूर्यज्योति लाइफलाई बधाई दिएका छन् ।
समुद्घाटन कार्यक्रममा मन्तव्य राख्दै सूर्यज्योतिका सद्भावनादूत तथा महानायक राजेश हमालले सूर्यज्योति लाइफ पूर्ण रुपमा सफल भएको बताएका छन् । उनले सूर्य ज्योति पाएको र ज्योतिले सूर्य पाएको उल्लेख गरे । हमालले जीवन बीमाको महत्व धेरै रहेको उल्लेख गर्दै बीमाको डोरीमा सबै नेपालीहरु आउने विश्वास समेत व्यक्त गरे ।
विभिन्न समस्याको बाबजुद पनि डटेर सामना गर्दै मर्जर पूरा गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । सूर्या लाइफ जस्तो १५ वर्षको परिपक्व कम्पनी र ५ वर्षको योङ कम्पनीको संयोजनले राम्रो प्रतिफल दिने खत्रीको विश्वास छ ।
मर्जरका क्रममा भिआरएस अनुसार १०० जना भन्दा धेरै कर्मचारीको विदाइ गरिएको छ । १०० वटा भन्दा धेरै शाखाहरु समायोजन भएर १८० शाखा बनेको छ । कम्पनीले एकिकृत कारोबार सुभारम्भ गरेको दुई दिनमै एक हजार भन्दा धेरै पोलिसी जारी भएको खत्रीले जानकारी दिए । पूँजीका हिसावले पनि सूर्यज्योति तेस्रो ठूलो कम्पनी बनेको छ ।
मर्जर पश्चात सूर्यज्योतिको कूल चुक्ता पुँजी ४ अर्ब ५४ करोड र कूल लगानी २८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। दुई कम्पनीको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक सम्मको कूल जीवन बिमाकोष २२ अर्ब, कूल बिमाशुल्क २ अर्ब २७ करोड रुपैयाँभन्दा बढी तथा नाफा ४२ करोड रुपैयाँ पुगेको छ।
अर्थ सन्जाल