अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सवारी साधन कारबाहीबाट ९० लाख राजस्व सङ्कलन

  • अर्थ सन्जाल
  • १२ पुष २०७९, मंगलवार ११:५४


जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट रु ९० लाख २७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले पाँच महिनामा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २९ जनाको ज्यान गएको जानकारी दिए । उनका अनुसार जिल्लामा दैनिक चार वटासम्म दुर्घटना हुने गरेको छ । यस अवधिमा जिल्लाका विभिन्न स्थानमा तीन सय ९७ वटा दुर्घटना भएका छन् भने दुर्घटनामा परेकामध्ये एक सय २५ जना गम्भीर घाइते भएका छन् ।

पछिल्ला तीन आर्थिक वर्षमा जिल्लामा दुर्घटना र त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या लगातार बढ्दै गएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । आव २०७६/७७ मा एक सय ८४ वटा सवारी दुर्घटना भएकोमा ५० जनाको ज्यान गएको थियो ।

त्यस्तै आव २०७७/७८ मा ६ सय वटा सवारी दुर्घटना भएकामा ६२ जनाले ज्यान गुमाएको र आव २०७८/७९ मा आठ सय ४६ वटा सवारी दुर्घटना हुँदा ७९ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा सडक र सवारी दिन प्रतिदिन असुरक्षित बन्दै गएको रौतहट सर्लाही यातायात प्रालिका अध्यक्ष राजकुमार मैनालीले बताए । सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकाय बढी जिम्मेवार बन्नुपर्ने नागरिक अगुवा शिवचन्द्र चौधरीको भनाइ छ ।

साँघुरा सडक, सडकको दुरावस्था, लापर्बाहीपूर्ण यातायात सञ्चालन र सवारी साधनको चापका कारण सवारी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेस प्रदेशका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए । उनका अनुसार सडकमा हुनुपर्ने सचेतना र सूचना पाटी, सडक लाइनिङसमेत नदेखिने अवस्थामा रहँदा दुर्घटनाको जोखिम बढेको हो ।

दुर्घटना न्यूनीकरणका सम्पूर्ण उपाय अवलम्बन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक कार्कीको भनाइ छ । उनका अनुसार दुर्घटना न्यूनीकरण गर्न सडकमै सचेतना कार्यक्रम चलाउनेदेखि विद्यालयमा ट्राफिक नियमसम्बन्धी कक्षा लिने गरिएको छ । दुर्घटना नियन्त्रण गर्न नियमित र आकस्मिक सवारी चेकजाँचसँगै ट्राफिक नियम विपरीत सञ्चालित सवारी साधनहरु र तिनका चालकहरुलाई नियमानुसार दण्ड तथा जरिवानासमेत गर्ने गरिएको उनले बताए ।

Artha Sanjal
मिती : १२ पुष २०७९, मंगलवार ११:५४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

प्रधानमन्त्रीले मिटरब्याजी पीडितहरुको माग सम्बोधन गर्नुपर्छ: महामन्त्री शर्मा

बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ताजा समाचार

  1. प्रधानमन्त्रीले मिटरब्याजी पीडितहरुको माग सम्बोधन गर्नुपर्छ: महामन्त्री शर्मा
  2. बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
  3. एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  4. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  5. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  6. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  7. आन्दोलित हुँदै सहकारीका सञ्चालक

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.