अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

‘यस वर्ष आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहन्छ’: जनार्दन शर्मा

  • अर्थ सन्जाल
  • ११ पुष २०७९, सोमबार १८:३५


निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष ०७९-८० मा आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले यस वर्ष अर्थतन्त्र गम्भीर मोडबाट गुज्रिए पनि अहिले बिस्तारै सम्हालिँदै गएको बताए । भूकम्पपछिको प्रतिकूल अवस्था, कोभिड-१९ महामारी, रुस-युक्रेन युद्धले बाह्य क्षेत्रबाट देखिएको दबाब सम्हाल्ने विषयलाई अघिल्लो सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ । 

आर्थिक वृद्धिदर लक्षित विन्दुमा पुग्न नसके पनि छ प्रतिशतभन्दा माथि नै रहने दाबी पनि उनले गरे । ‘हामीले चालु आर्थिक वर्षमा आठ प्रतिशत बराबर आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेका थियौँ । तर विभिन्न प्रतिकूलताका बाबजुद अहिलेको परिस्थितिसम्म पुग्दा कम्तीमा छ प्रतिशतभन्दा माथि नै रहने देखिएको छ’, शर्माले भने ।

नेपालको अर्थतन्त्र सङ्कटमा जान्छ भन्ने ठूलो त्रास र आतंक रहेकामा त्यसलाई वित्तीय तथा मौद्रिक उपकरणहरूको प्रयोगबाट लयमा ल्याइएको पनि उनको भनाइ छ । ‘वित्त र मौद्रिक नीति सन्तुलनको ठूलो महत्व हुँदो रहेछ । अहिले मुद्रास्फीति घट्दो क्रममा छ । आयात प्रतिबन्धको निर्णयले पनि सकारात्मक नतिजा देखाएको छ’, निवर्तमान अर्थमन्त्री शर्माले भने ।

मुद्रास्फीति गत साउनमा १० प्रतिशतसम्म पुगेकामा अहिले घट्दै गएको उनको भनाइ छ । त्यस्तै, सरकारले केही वस्तुको आयातमा लगाएको बन्देजका कारण भन्सार राजस्व घटे पनि त्यसले आयात र व्यापार घाटा भने कम गरेको शर्माले बताए। अहिले पर्यटन क्षेत्र र विप्रेषणमा सुधार हुँदै गएको, शोधनान्तर स्थिति बचतमा रहेको र विदेशी मुद्रा सञ्चयमा देखिएको चाप पनि बिस्तारै कम हुँदै गएको उनको भनाइ छ । आफ्नो १७ महिने कार्यकालमा अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन पहल विभिन्न योजना कार्यक्रम लागू गरेको, वैदेशिक सहायता प्राप्तिमा उल्लेख्य प्रगति भएको, कर प्रणालीलाई डिजिटल बनाइएको र भन्सार जाँचपास प्रणालीलाई सुधार गरी व्यवस्थित गरिएको शर्माको दाबी छ ।

अहिले पूँजीगत खर्च न्यून देखिए पनि त्यसले बिस्तारै गति लिने पनि उनले बताए। ‘चुनावलगायत कारणले बजेट खर्च उल्लेख्य हुन सकेन । अहिले रु एक खर्बभन्दा बढीका ठेक्का लागिसकेकाले पूँजीगत खर्चले अब बिस्तारै गति लिन्छ’, उनले भने। अब बन्ने सरकारले अर्थतन्त्रलाई थप गति दिन नयाँ नीति लिएर अघि बढ्नुपर्ने पनि उनको भनाइ छ ।

Artha Sanjal
मिती : ११ पुष २०७९, सोमबार १८:३५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन

हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)

ताजा समाचार

  1. फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
  2. आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन
  3. हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर
  4. स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)
  5. सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहकलाई विशेष छुट
  6. नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच
  7. बजारमा आउन थाले विसं २०८० का पात्रो

विजनेश फोकस

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अन्त: शुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य प...

वाणिज्य विभागद्वारा दुई रेष्टुराँलाई एक-एक लाख ...

सिभिललाई प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्त...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.