

साताको पहिलो कारोबार दिन सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्से सोमबार ५६.८६ अंकले बढेर १९२४.०७ बिन्दुमा उक्लिएको छ ।
यस दिन सेन्सेटिभ परिसूचक पनि ८.३८ अंकले बढेर ३७५.४४ बिन्दुमा उक्लिएको छ ।
सेयरबजार बढेसँगै आज कारोबार रकम समेत बढेर २ अर्ब ९ करोडरुपैयाँमाथिको कारोबार भएको छ । नेपाल टेलिकमको सर्वाधिक २० करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
तेस्तै, हिमालयन डिष्टिलरी, नबिल बैंक, रिडी पावर, एनआईसी एसिया बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट, अपी पावर, घलेम्दी हाइड्रो र नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल