

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन दरबारमार्गस्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स लिमिटेडसँग व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकले गुरु ट्राभल्समा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधामा छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
Artha Sanjal
अर्थ सन्जाल