

सानिमा लाइफ इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले आ.व. २०७७/०७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
अब कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाउने छ।
बीमा प्राधिकरणबाट स्वीकृत भएर आएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले वित्तीय विवरण पारित गर्नेछ।
कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ४.२ प्रतिशत बोनस सेयर र ०.२२ प्रतिशत नगद गरि कुल ४.४२ प्रतिशत लाभांश बितरण गरेको थियो ।
Artha Sanjal
अर्थ सन्जाल