

बालुवाटार बैठक भाँडिएपछि अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा संयुक्त बैठक बसिरहेको छ । संभावित वाम गठबनधन सरकार बनाउने विषयमा एमाले अध्यक्ष ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्व्तन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत छलफलमा छन् ।
केहीबेरअघि जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् । उनले प्रचण्डले बोलाएपछि आफू बालकोट आएको पत्रकारहरुलाई प्रतिक्रिया दिएका छन् ।
अहिले जारी छलफल सकारात्मक रुपमा अघि बढेको बताइएकाे छ । विश्वासनीय उच्च स्रोतका अनुसार अहिले प्रचण्डलाई प्रधानमन्त्री दिएर राष्ट्रपति एमालेले लिने विषयमा छलफल भइरहेको छ । एमालेले राष्ट्रपति पाए उपाध्यक्ष सुवास नेम्वाङलाई अघि सार्ने स्रोतको दाबी छ ।
एमाले र माओवादी गठबन्धनमा नयाँ सरकार बनेमा भारत असफल हुने ठहरिने कूटनीतिज्ञहरु बताउँछन् ।
अर्थ सन्जाल