धनुषामा प्रहरी टोलीमाथि आक्रमण

धनुषामा प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ । महोत्तरीको भंगहा नगरपालिका–७ स्थित एक घरमा लुटपाट भइरहेको थाहा पाएपछि गस्तीमा खटिएको प्रहरी टोलीमाथि उक्त समूहले आक्रमण गरेको हो ।

लुटेरा समूहले गए राति करिब साढे १० बजे आक्रमण गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तुलबहादुर कार्कीले आक्रमणमा एक सहायक प्रहरी निरीक्षक सामान्य घाइते भएको बताए । ‘‘बटेश्वरी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज पोखरेल सामान्य घाइते भएका छन् । उनको टाउकामा चोट लागेको छ ।  उपचारका लागि अस्पताल लगिएको थियो । उनको टाउकामा नौवटा टाँका लगाइएको छ । अहिले डिस्चार्ज भइसकेका छन्,” उनले भने ।

लुटेरा समूहका केही व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *