

नयाँ सरकार निर्माणबारे निर्णायक छलफल गर्न बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक स्थलबाट बाहिरिएका छन् । नयाँ सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने अडानमा रहेका प्रचण्ड आज प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग वार्ता गर्न बालुवाटार पुगेका थिए ।
बालुवाटारमा प्रचण्ड र देउवाबीच छलफल भइरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि पुगेका थिए । शीर्ष नेताहरुबीचको छलफलका क्रममा प्रचण्ड र माधव नेपालले प्रमुख संवैधानिक पदहरु मिलाएर तीन दलले बाँड्नुपर्ने प्रस्ताव गरेका थिए । राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीन दलले बाँड्नुपर्ने र त्यसमा ठूला दलको हैसियतले पहिला रोज्न कांग्रेसलाई दिने बताएका थिए ।
सत्तारुढ गठबन्धनमा आलोपालो सरकार बनाउँदा कसले पहिला नेतृत्व लिने भन्ने विवाद रहेको छ । नेपाली कांग्रेसले जनमतको आधारमा आफूले नै प्रधानमन्त्री र राष्ट्रपति पद पाउनुपर्ने अडानमा छ भने माओवादीले पूर्व समझदारी अनुसार प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेको छ ।
अर्थ सन्जाल