

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किङसलाई १५८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले सानदार ब्याटिङ गरे । उनले ६३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ८० रनको अर्धशतकीय इनिङ खेले । उनको यो लिगमा लगातार दोस्रो अर्धशतक हो । यस्तै कुशल भुर्तेल २६ रनमा आउट हुँदा कप्तान दिपेन्द्र सिहं ऐरीले १६ रन बनाए । बिपुल शर्मा ११ रन र अनिल शाह ६ रनमा आउट भए ।
यता विराटनगरका लागि नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान १/१ विकेट लिए ।
Artha Sanjal
अर्थ सन्जाल