

ग्लोबल आइएमई बैंक लिमिटेडले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १०.६ प्रतिशत नगद लाभांश( कर सहित) बैंक खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको खातामा मंसिर २५ गते पठाएको र हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सेयरधनीहरुले हितग्राही खातामा बैंक खाता नम्बर यथाशिघ्र अद्यावधिक गराउन अनुरोध गरेको छ ।
साथै बैंकले पुरानो लाभांश लिँ बाँकी सेयरधनीलाई समेत विवरण अद्यावधिक गर्न समेत जानकारी दिएको छ । बैंकले विभिन्न कारणले गर्दा आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ को नगद लाभांश प्राप्त नभएका सेयरधनीहरुले पनि यहि सूचना आधार मानी विवरण अद्यावधिक गर्न समेत जानकारी दिएको हो ।
कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिल लिमिटेड रहेको छ ।
अर्थ सन्जाल