

मुक्तिनाथ विकास बैंकले आफ्नो १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ८ गते (शुक्रबार) बसेको बैठकले गरेको निर्णयानुसार वार्षिक साधारणसभा यही पुस ३० गते कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएको सोहीबमोजिम पुँजी वृद्धि गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाबाट अनुमोदन हुनेछ।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिए गर्नुपर्ने सम्पूर्ण आवश्वक कार्यहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले उक्त आर्थिक वर्षका वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरुमाथि छलफल गरी स्वीकृत गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस २० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
अर्थ सन्जाल