

एनआईसी एसिया बैंकले धितोमा राखिएको चल अचल सम्पत्तिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरे पनि ऋणीले कर्जा तिर्न वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्न लागेको हो।
कर्जा चुक्ता भुक्तान गर्न आउने ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि ऋणी तथा जमानतकर्ता कसैले पनि ऋण कर्जाको बाँकी सावाँ र ब्याँज चुक्ता भुक्तान गर्न तर्फ चासो नदेखाई वेवास्ता गरी ऋण पछ्र्यौट नगरेको हुनाले कर्जा लिएका ऋणीहरुको नाममा रहेको घरजग्गा र सम्पत्ति बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
बैंकमा राखिएको धितो जहाँ जे जस्तो अवस्था र परिमाण्मा छ, सोही अवस्थामा र परिमाणमा प्रचलित कानून, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ एंव बैंक नियमअनुसार गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम बिक्री गरी बैंकको लोना असुल उपर गर्नका लागि आज ७ दिने सार्वजनिक सूचना जारी गरेको हो ।
विवरण हेर्नुहोस्
अर्थ सन्जाल