अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

प्लास्टिक टनेलमा कालो लेउको समस्या

  • अर्थ सन्जाल
  • ८ पुष २०७९, शुक्रबार १४:२१


प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यावसायिक किसान मर्कामा परेका छन् । व्यावसायिक तरकारी खेतीका लागि तयार पारिएका प्लास्टिक घर कालो लेउले छोपिएको छ । प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ ।

गतवर्ष बनाइएका प्लास्टिक घर यो वर्षको हिउँदसम्म कालै भएका छन् । वर्षाको समयमा पानीका कारण कालो लेउ लागेका प्लास्टिक पखाल्ने प्रविधि नहुँदा समस्या भएको जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान त्रिविक्रम शर्माले बताए । ‘‘टनेलमाथि चडेर सफा गर्न मिल्दैन्” उनले भने “प्लास्टिक सफा गर्ने प्रविधिको खोजी गर्न प्राविधिकलाई आग्रह गरेका छौँ ।’’ एक पटक सफा गरे छ महिना प्लास्टिक सफा रहने गरेको अनुभव शर्माले सुनाए ।

जैमिनीमा रहेका अधिकांश प्लास्टिक घरमा कालो लेउको समस्या छ । किसानले भ¥याङको प्रयोग गरेर लेउ सफा गरे पनि अत्याधुनिक र ठूला टनेलहरुमा समस्या हुने गरेको छ । लेउ लागेको प्लास्टिकभित्र सूर्यको प्रकाश नपुग्ने र त्यहाँ लगाइएका बिरुवा नबढ्ने तथा उत्पादन कम दिने गरेको अनुभव किसानसँग छ ।

‘‘पहिलो वर्ष फलेको जस्तो गालभेँडा दोस्रो वर्ष फलेन, मलपानीको समस्या होला भनेर खोजी गरेँ’’ अर्का किसान मदन आचार्यले भने,‘‘रोगकीराको सङ्क्रमणसमेत देखिन थालेपछि प्लास्टिकको लेउका कारणले हो भन्ने लागेको छ ।’’ लेउ सफा गरेको समय र लेउले भरिएको समयमा भएको फरक–फरक उत्पादनको अनुभव किसानसँग छ ।

किसानले कालो लेउको समस्याबारे कृषि ज्ञान केन्द्र बागलुङलाई पनि जानकारी गराएका छन् । उत्पादनमा असर गरेपछि ज्ञानकेन्द्रका र नगरपालिकाका कृषि प्राविधिकलाई जानकारी गराइएको फलाँटे कृषि सहकारीका अध्यक्ष मोतीप्रसाद पौडेलले बताए । किसानका समस्याबारे जानकारी भए पनि तत्कालै साधानको उपाय नभएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउए । ‘‘सफा गर्ने मेसिनको खोजे सहयोग गर्छौ भनेका छौँ’’ उनले भने,‘‘फोहोरा लगाएर प्लास्टिक सफा गर्न सके किसानको समस्या समाधान हुन्छ ।’’

लेउका कारण टनेल बनाइएको प्लास्टिकको आयुसमेत घटेको किसानको गुनासो छ । पाँच÷छ वर्ष पहिले यस्तो समस्या नभए पनि पछिल्लो समय आँफूहरुले प्लास्टिक फाट्ने, च्यातिने गरेको समस्या व्यहोरेको किसान लक्ष्मी शर्माले बताइन् । जैमिनीमा किसानले प्लास्टिक घरभित्र तरकारी उत्पादन गर्दै आएका छन् । विभिन्न प्रजातीका च्याउसमेत किसानले प्लास्टिक घरभित्रै उत्पादन गर्दै आएका छन् । रासस

Artha Sanjal
मिती : ८ पुष २०७९, शुक्रबार १४:२१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने

ताजा समाचार

  1. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  2. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  3. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  4. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  5. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  6. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण
  7. रास्वपाको सभापतिमा पुनः रवि लामिछाने

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.