अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कारबाहीपछि पनि जगदम्बा स्टीलको छड गुणस्तरहीन, लापरबाही ढाकछोप गर्न अनेक हतकण्डा

  • अर्थ सन्जाल
  • ८ पुष २०७९, शुक्रबार १२:४२


‘जगदम्बा स्टील, देशभको मेरुदण्ड’ नारासहित स्टिल उत्पादन गर्दै आएको जगदम्बा स्टीलको उत्पादन कमसल र गुणस्तरहीन रहेका पाइएको छ । यसअघि पनि कमसल उत्पादनकै कारण पटक–पटक कारबाहीमा पर्दै आएको यस स्टील उद्योगले त्यसयता पनि गुणस्तरीय उत्पादनमा ध्यान नपुर्‍याएको पाइएको हो ।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टीलले उत्पादन गरेका फलामे छड गुणस्तरहीन तथा कमजोर भएका भेटिँदै आएको छ । यस उद्योगले फलामे डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गर्ने गरेको पाइएको छ । जगदम्बा स्टील सञ्चालन गर्ने शंकर ग्रुपका प्रबन्ध सञ्चालक शाहिल अग्रवाल हुन् ।
विगतका वर्षहरुमा नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको गुणस्तर परीक्षणमा जगदम्बा स्टीलको डण्डीमा कार्बन, फस्फोरस र सल्फरको मात्रा आवश्यकता भन्दा बढी भएकोले उक्त स्टील कम्पनी कारबाहीमा परेको थियो ।

कमजोर रड उत्पादन हुँदा घर, पुल, तथा अन्य कुनै पनि निर्माण छिट्टै भत्किने वा बनाउँदा बनाउँदै पनि भत्किने अवस्था रहन्छ । नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको गुणस्तर परीक्षण अनुसार जगदम्बाको रडमा भाँच्चिने समस्या अत्याधिक रहेको पाइएको छ ।

काठमाडौं महानगरपालिका–१६, खरिबोट बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टील प्रयोग गर्दा समस्या आएको छ । १६ एमएमको डण्डी बनाउने क्रममा भाँच्चिएपछि उनले जगदम्बाविरुद्ध गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाहीको माग गर्दै निवेदन दिएपछि विभागले जगदम्बाको डण्डी परीक्षण गरेको थियो । अधिकांश उपभोक्ता भने यसबारेमा जानकार छैनन् ।

यी हुन् डण्डी भाँचिनुका मुख्य कारण

जगदम्बा स्टीलले कवाडी फलाम बटुलेर छडको उत्पादन गर्छ । फालिएका फलामलाई गुणस्तरहीन मानिन्छ । तर त्यो सस्तो पर्न जान्छ । यसरी सस्तो र फालिएका कवाडी सामान प्रयोग गरेकै कारण जगदम्बा स्टील प्रयोग नगर्न विज्ञहरु सुझाव दिन्छन् ।

सिमरामा रहेको जगदम्बा स्टिलले देशैभरीबाट कवाडी अर्थात् थोत्रा फलामलाई पगालेर छड बनाउका लागि विभिन्न ठाउँमा कवाडी संकलन केन्द्र राखेको छ । तथापी ती संकलन केन्द्रहरु अरुकै नाममा ढाकछोप गरिँदै आएको छ । पटक–पटक प्रयोग गरिसकिएको थोत्रा फलामलाई पुनः पगालेर बनाइएको सामानको आयू कम हुने इन्जिनियर सुवोध ढकालको भनाइ छ । उनका अनुसार एकपटक प्रयोग भएका फलामजन्य सामग्रीलाई पुन प्रयोग गर्दा उसको आयू ७० प्रतिशत कम हुन्छ ।

जगदम्बाले प्रचारप्रसार र देखाउनका लागि भने अलग्गै किसिमको भारतबाट आयातित प्राइम ब्लेडको प्रयोगबाट बनाइएका उच्च गुणस्तरको छडलाई अघि सार्ने गरेको छ । तर स्रोतका अनुसार बजारमा भने त्यस्तो छड उसले पठाउने गरेको छैन । बजारमा बिक्री गरिएको जगदम्बाको छड बनाउन अधिकांश कवाडी फलामहरुको प्रयोग हुने गरेको उच्च स्रोतको दाबी छ ।

मुख्य–मुख्य सहरबाट कवाडी संकलन केन्द्रले निश्चित रकम दिएर थोत्रा फलामका टुक्राहरु किनेका हुन्छन् । यस्तो कवाडी किन्दा जस्ताका टुक्रादेखि, खिया लागेर काम नलाग्ने फलामको कराहीसम्म हुन्छन् । यी फलामका टुक्राहरु संकलनकर्ताहरु घरघरमा पुगेर संकलन गर्छन् । घरघरबाट संकलन गरिएको फलामको टुक्रा संकलन केन्द्रले एजेन्टमार्फत जगदम्बा कम्पनीलाई बिक्री गर्छन् । सहरबाट बिक्री भएको उक्त छड ट्रकमा लोड गरेर फ्याक्ट्रीमा लगिन्छ । जगदम्बाको फ्याक्ट्रीभित्र हजारौं टन यस्ता थोत्रा फलामका सामान रहेका छन् ।

अनुगमनलाई प्रभावित पार्दै छल्दै

जगदम्बा स्टील उद्योगले पटक–पटक अनुगमनमा जाने व्यक्तिलाई नै प्रभावित पार्ने गरेको पाइएको छ । सम्बन्धित क्षेत्रले उक्त उद्योगलाई सिल गरेर सम्पूर्ण छानविनसहित कडा कारबाही गर्नुपर्ने भन्दै विभिन्न निकायहरुमा निवेदन र मुद्दा हाल्ने गरेका छन् । तर ती निवेदन र मुद्धाहरुलाई जगदम्बा स्टीलले प्रलोभनका माध्यमबाट आफू कारबाहीमा पर्नबाट रोक्दै आएको छ ।

उनीहरुलाई केही रकम दिने, महंगो रक्सी खुवाउने जस्ता कार्यबाट प्रभावित पारेर अनुगमनमै बाधा पार्ने काम गर्ने गरेको स्रोत बताउँछ । पटक पटक गुणस्तरहीन लोहा छड उत्पादन गरेको पाइएपछि गुणस्तर तथा नापतौल विभागले उत्पादन र बिक्रीमा रोक लगाएको थियो । तर अहिले उक्त रोक फुकुवा गरिएको छ ।

(नोट : विस्तृत विवरण अर्को रिपोर्टमा प्रस्तुत गर्नेछौँ)

Artha Sanjal
मिती : ८ पुष २०७९, शुक्रबार १२:४२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

रियल स्टेट कम्पनीहरुले मात्र घर-जग्गाको व्यावसायिक कारोबार गर्न पाउनुपर्ने माग

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

ताजा समाचार

  1. रियल स्टेट कम्पनीहरुले मात्र घर-जग्गाको व्यावसायिक कारोबार गर्न पाउनुपर्ने माग
  2. राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी
  3. अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क
  4. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  5. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  6. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  7. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन

विजनेश फोकस

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.