

बुटवल पावरले गत आर्थिक वर्ष २०७९/८९ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनश सेयर र कर सहित ७.५ प्रतिशत नगद लाभांश गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्। कम्पनीले लाभासंह पारित गर्नको लागि ३०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनीको सभा आगामी पुस ३० गते काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले सर्वसाधारण समूहबाट एक महिलासहित ३ सञ्चालकको निर्वाचन गर्नुका साथै, गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेको अघिल्लो दिनसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
अर्थ सन्जाल