अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

ग्रीनहिल सिटीको बदमासी : अपार्टमेन्ट बनाइदिने भन्दै करोडौँ असुली, ५ वर्षसम्म पीडितलाई घर न पैसा

  • अर्थ सन्जाल
  • ८ पुष २०७९, शुक्रबार ११:३३


घर जग्गा व्यवसाय सञ्चालन गर्दै आएको ग्रीनहिल सिटीले सेवाग्राहीबाट करोडौँ रुपैयाँ असुल गरेको पाइएको छ । ग्रीनाहिलले सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गरिदिने आश्वासन दिएर करिब साढे २ करोड असुलेको हो ।

ग्रीनहिल सिटीले ललितपुरको महालक्ष्मी नगरपालिका–१९ मा सुबिधासप्पन्न  अपार्टमेन्ट बनाइदिने भन्दै काठमाडौं–वडा न. ४ की ३० वर्षीय शान्ता शर्माबाट पटक पटक गरेर २ करोड ३ लाख रुपैयाँ लिएको तथ्य सार्वजनिक भएको छ ।

कसरी खुल्यो त रहस्य ?

ग्रीनहिल सिटी नामक हाउजिङ्ग कम्पनीले सुबिधासम्पन्न अपार्टमेन्टमा घर पाउने आशामा बोकेर लामो समयदेखि रकम बुझाउँदै आएकी शान्ता शर्मा सम्झौता कार्यान्यवन नभएपछि बिहीबार (२०७९ मंसिर २९ गते) ग्रीनहिल सिटीकै कार्यालयमा पुगेपछि मात्र आफू ठगिएको बारे थाहा पाइन् । सम्झौताबमोजिम समयमा घर उपलब्ध नगराएको भन्दै अदालतसँग समेत हारगुहार गर्न यसअघि नै पुगेकी उनले त्यस दिन आफू नियोजित ठगीएको थाहा पाइन् ।

घर निर्माण गरिदिने सर्तमा लामो समय रकम होल्ड गरेको ग्रीनहिल सिटीसँग आजित भएकी उनी कार्यालयमै पुगेर बुझ्दा उनका लागि ग्रीनहिलले निर्माण सुरु गरेको घर अर्कै व्यक्तिको नाममा बिक्री भइसकेको थियो । यो कुरा थाहा पाएपछि शान्ता आश्चर्यचकित भइन् ।

उक्त घर ग्रीनहिल सिटीले अर्कै व्यक्तिलाई शान्तालाई दिएको भन्दा दोब्बर  पैसामा बिक्री गरिसकेको थियो । घर जग्गा अर्कैको नाममा बिक्री भइसकेको कुरा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई आफैँले खोलेका थिए ।

यस्तो छ घटनाको नालीबेली

ग्रीनहिल सिटी (हाउजिङ) ले २०७५ असार १८ गते शान्ता शर्मासँग दिपक्षीय सम्झौता गरेको थियो ।
उक्त सम्झौतापत्रमा हाउजिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत द्रिपू ध्वज अधिकारी र खरिदकर्ताको तर्फबाट शान्ता चौधरीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार खरिदकर्ताले हाउजिङसँग खरिद गरि लिने घरजग्गा ललितपुरको महालक्ष्मी नगरपालिका वडा न. १९ (साविक इमाडोल गाविस वडा न. ८) स्थित ग्रीन हिल सिटी प्रालिको नाममा दर्ता श्रेस्ता कायम रहको कित्ता नम्बर ५२३ जग्गाको जम्मा क्षेत्रफल २२६.८६ वर्गमिटर भएको तथा सो जग्गामा बन्ने जम्मा क्षेत्रफलको ९६२.५१ वर्गफिटको ग्रीनहिल सिटि, इमाडोल सामुहिक आवास योजना अन्तर्गतको घर नम्बर १५ रहेको र उक्त जग्गामा करारनामा अनुसार नक्सा डिजाइन बमोजिम घर निर्माण कार्य सम्मन्न गरी फिनिसिङ समेत गरिदिने उल्लेख छ ।

द्विपक्षीय सम्झौता हुनुभन्दा अघि नै ग्रीनहिल सिटीले शान्तासँग २०७४ मंसिर १८ गते ३ लाख, ०७४ पुस २० गते ५० लाख र ०७५ वैशाख २४ गते ५० लाख रुपैयाँ गरी एक करोड ३ लाख रुपैयाँ लियो ।

त्यसैगरी, ग्रीन हिल सिटीले २०७५ पुस ३० गते शान्तसँग थप एक करोड रुपैयाँ लियो । शान्ताले घर तथा जग्गा वापतको रकम सम्झौताअनुरुप नै हाउजिङ परियोजनामा कर्जा प्रदान गर्ने बैंक सेञ्चुरी बैंकमार्फत जग्गाधनी कम्पनी ग्रीन हिल सिटीकै नाममा  जम्मा भयो ।

सम्झौतापत्र अनुसार घरधनीले हाउजिङलाई भुक्तानी गर्नुपर्ने रकम यथा समयमा भुक्तानी गरी फ्लोर प्लान र अन्य डिजाइनहरु स्वीकृत गरी सम्झौतामा हस्ताक्षर गरेपश्चात २०७५ माघ मसान्तभित्र हाउजिङले घर निर्माण गरीसक्नुपर्ने उल्लेख गरेको छ । त्यति मात्र होइन हाउजिङले सम्बन्धित निकायबाट घर निर्माण सम्पन्न प्रमाणपत्र समेत लिइदिनुपर्ने उल्लेख छ ।

कर्जा प्रवाहमा बैंकबाटै बदमासी

२०७५ पुस २९ गते हाउजिङ परियोजनामा कर्जा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंक, शान्ता शर्मा र ग्रीनहिल सिटी त्रिपक्षीय सम्झौता भयो । सो सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका सहायक अधिकृत मुगासेर राई, ऋणी शान्ता शर्मा र ग्रीनहिल सिटीका सीईओ द्रिपू ध्वज अधिकारीले हस्ताक्षर गरे । तर बैंकले कुनै जग्गा धितो बन्धकनै नराखी उक्त धितो बन्धक सिटिजन बैंकले कर्जा प्रबाह गर्न मिल्छ भन्ने एउटा पत्रका आधारमा कर्जा स्वीकृत गर्‍यो ।

सम्झौताअनुसार ग्रीनहील सिटीले ललितपुरको इमाडोल गाविस वडा न.८ कित्ता नम्बर ५२३ क्षेत्रफल १९४.८६ वर्गकिलोमिटर जग्गामा निर्मित साढे २ तल्लाको आवासीय भवन एक करोड ९४ लाख ९९ हजार ७०० रुपैयाँमा शान्ताले खरिद गर्न मन्जुर गरेको हुँदा सो घर खरिद गर्नको लागि शान्ता (ऋणी) ले बैंक समक्ष कर्जा माग गरे अनुसार कम्पनीले ऋणीको नाममा घर हस्तान्तरण नगरेसम्मको अवधिको लागि जमानी बस्न मस्जुर गरे बमोजिम ऋणीको पत्नी (दिपेन्द्र कंडेलकी पत्नी शान्ता) को नाममा आवास भवन कम्पनीबाट खरिद गर्नको लागि एक करोड ३१ लाख रुपैयाँ प्रदान गर्न मन्जुर भएको र २०७५ पुस २९ गते ऋण स्वीकृति पत्र दिएको कुरा बैंक तथा ऋणीले स्वीकार गरेको उल्लेख गरिएको छ ।

तर शान्ताले बैंकबाट एक करोड रुपैयाँ मात्र पाएकी छिन् । जुन रकम ग्रीनहिल सिटीलाई ०७५ पुस ३० गते नै पठाएकी छिन् । ३१ लाख रुपैयाँ भने उनले अझसम्म पाएकी छैनन् । जसका लागि उनले बैंकलाई पत्र पठाएर माग समेत गरेकी छिन् ।

शान्ताले सम्झौताअनुसार बैंकबाट एक करोड ३१ लाख पाउनुपर्ने रकममध्ये एक करोड मात्र पाएको भएपनि उनले बैंकलाई एक करोड ३१ लाख रुपैयाँ कै मासिक किस्ता बुझाउँदै आएकी छिन्

‘बैंकले सम्झौताअनुसार मलाई एक करोड ३१ लाख दिनुपर्थ्यो तर १ करोड मात्र दिएको छ । तर मैले किस्ता भने अहिलेसम्म पनि एक करोड ३१ लाख रुपैयाँकै बुझाउँदै आएकी छु ।’ उनले रुदै भनिन्, ’

ग्रीनहिल सिटीले सेन्चुरी बैंकबाट घर खरिदकर्ता ऋणीको नाममा प्राप्त रकम फिनिसिङ गर्न बाँकी रहेको घर तयार गर्न खर्च गर्नुपर्नेमा सो नगरी सिटिजन्स बैंकमा रहेको ऋण तिर्न उपयोग गरिएको पाइएको शर्माको भनाई  छ । त्यस्तै सेन्चुरी बैंकबाट ऋणीको नाममा निकालिएको रकम सिधै सिटिजन बैंकको खातामा जम्मा भएको पाईएको छ । जुन प्रयोजनको लागि ऋण लिइएको हो, सोही प्रयोजनको लागि ऋण बापतको रकम उपयोग हुनुपर्नेमा उपयोग नगरी चार वर्षदेखि घरमा सम्झौता अनुसार कुनै पनि निर्माण कार्य भएको छैन ।

जुन जग्गा देखाएर सेञ्चुरी बैंकले कर्जा उपलब्ध गराएको थियो सोही जग्गा पहिले नै  ग्रीनहिलले सिटिजन्स बैंकमा धितो बन्धक राखेको शान्ता शर्माको भनाइ छ ।

सम्झौतामा ग्रीनहील सिटीले शान्ता शर्मालाई दिने भनिएको कित्ता नम्बर ५२३ मा २२६.८३ वर्गमिटर क्षेत्रफलको को जग्गानै नभएकोले आफुहरु सरासर ठगीएको उनका श्रीमान दिपेन्द्र कडेल बताउछन्।

अदालतमा समेत झुटो प्रमाण पेश

सम्झौताअनुसार आफूले रकम बुझाईसकेपछि पनि ग्रीनहिलले समयमा घर निर्माण गरेर उपलब्ध नगराएपछि शान्ता अदालत (उच्च अदालत, पाटन) गुहार्न पुगिन् ।

शान्ताले हालेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले विपक्षी (ग्रीनहिल सिटी) सँग लिखित जवाफ माग गर्यो ।
त्यसपछि २०७८ पुस १८ गते ग्रीनहिलका तर्फबाट वकिल प्रसाद गौतमले लिखित जवाफ पठाएपनि उनले पेश गरेको विवरण भने झुटा रहेको पाइएको छ ।

शान्ताले सम्झौता अनुसार नै पटकपटक गरेर २ करोड ३ लाख रुपैयाँ ग्रीनहिललाई बुझिसकेकी छिन् । तर वकिल प्रसाद गौतमले अदालतमा पठाएको लिखित जवाफमा भने करार अनुसार रकम बुझाउन नसकेको भनि झुटो विवरण उल्लेख गरेको छ ।

‘उल्लेखित करार अनुसार विभिन्न सर्त बन्दोबस्तको अधिनमा रही काम कारोबार गर्नुपर्नेमा निज विपक्षी (शान्ता) रिट निवेदकले एक करोड ३ लाख मात्र बैना वा करार गर्दाका अवस्थामा बुझाए तर करारको सर्त अनुसार अरु रकम बुझाउन सक्नु भएन ।’ लिखित जवाफमा लेखिएको छ । त्रिपक्षीय सम्झौताअनुसार कित्ता नम्बर ५२३ को क्षेत्रफल १९४.८६ वर्गमिटर रहेको जग्गालाई अदालतमा पेश गरिएको जबाफमा २२६.८३ वर्गमिटर भनेर पेश गरिएको छ ।

यतिमात्र होइन लिखित जवाफमा वकिल गौतमले बाँकी करार चुक्ता गरि  घर पास गर्न पटक पटक मौखिक र लिखित जानकारी गराएको उल्लेख गरेका छन् । तर सम्झौताअनुसार घर त्यहाँ कुनै पनि निर्माण कार्य नै नभएको शर्मा बताउछिन् ।

‘मलाई ग्रीनहिलले बाकी रकम बुझाएर घर पास गर्न आउनु भनी पत्राचार त गर्‍यो । सम्झौता भएको मितिदेखी हालसम्म पनि कुनै कार्य भएको छैन भने मैले कसरी पैसा तिर्नु ? अनि बन्दै नबनेको घर कसरी पास गर्नु ? उनले भनिन् ‘ मैले त सबै काम सम्झौताअनुरुप नै गरे । घर निर्माण छिटो सम्पन्न गरिदिन ग्रीनहिललाई पटक पटक आग्रह गरें । तर जति भन्दा पनि उनीहरुले सम्झौता कार्यन्वयन गरेनन् । त्यसपछि आजित भएर म अदालत पुगेकी हुँ ।’ शान्ताले भनिन् पाँच वर्ष व्यतित भइसक्दा पनि न त सम्झौताअनुसार घर बन्यो, न त आफूले भुक्तान गरेको पैसा नै फिर्ता पाएँ। उल्टै अदालतमै झुटो विवरण पेश गरेको छ ।’ सोही स्थानमा भाडाको घरमा बस्दै आएकी  उनले थपिन् – ‘पाँच बर्षदेखि आफ्नै घरमा बस्ने मेरो सपना अधुरै रह्यो ।

‘आफ्नो घर नहोस् भन्ने चाहना कसलाई पो हुन्छ र , तर अब आफ्नो घर अरुलाइ बेचिएको थाहा पाएपछि  आफूलाई अर्को कुनै घर चाहिने भन्दै होइन भने आफूले बुझाएको सम्पुर्ण रकमको सावाँ ब्याज र  बैंकमा लोन लिएर तिर्दै रकमको समेत आएको रकम फिर्ता चाहिने शान्ताको माग छ ।

शान्ता शर्माको अनुसार सम्झौतापछि उक्त स्थानमा कुनै पनि किसिमको निर्माण कार्य नभएको तर महालक्ष्मी नगरपालिकाले समेत सम्झौताअनुसारको घर निर्माण सम्पन्न भएको प्रमाणपत्र ग्रीनहिललाई दिएको छ । जसमा नगरपालिकाको समेत बदमासि देखिएको छ ।

यो पनि पढ्नुहोस् 

ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई ठगीको आरोपमा पक्राउ, अध्यक्ष लाेहनी फरार

के भन्छ ग्रीनहिल सिटी ?

यो विषयमा शान्तासँग त्रिपक्षीय छलफल भइसकेको ग्रीनहिल सिटीको दाबी छ ।  शान्ता शर्माको घर बनिसकेको तर उक्त घर शान्तालाई दिन सक्ने अवस्था नरहेको भेषराज लोहनी बताउछ्न । उनले भने, ‘हामीले तिर्नबाकी रकम बुझाएर घर पास गर्न आउनु भनी  पटकपटक पत्र पठायौँ तर उहाँ आउनु भएन । उहाँले आदलतमा मुद्दा दायर गरिसकेपछि अब हामीले घर दिनुपर्ने कुनै बाध्यता छैन । त्यसैले हामीले उहाँसँगको सम्झौता रद्ध गरि घर अरुलाई नै दिने सहमति  गरिसक्यौँ । तर उहाँले बुझाएको हामी फिर्ता गर्छौ ।’ – लोहनीले भने ।

तपाईले भने अनुरुप  शान्ता शर्माको लागि बनाइएको घर बिक्री भइसकेको हो ? भनी  अर्थसञ्जालले प्रश्न गर्दा लोहनी भन्छन्, पुर्ण रुपमा नामसारी भएको छैन तर अब सोही घर शान्तालाई दिन भने मिल्दैन ।

सम्झौताअनुसारको क्षेत्रफल अपुग भएको भन्ने प्रश्नको जवाफमा कानुन अधिकृत ज्योति दाहालले  भने ‘ -कागजी रुपमा (सम्झौतामा) हाम्रो त्रुटी भएकै हो । तर हामीले शर्मालाई कित्ता नम्बर  ५२३ को १९४.८४ वर्गमिटर र कित्ता नम्बर ७१२ को ३२.०२ वर्गमिटर गरी जग्गा पुर्याइदिने भनेका छौँ ।’

तर कम्पनीको भनाइ आफैमा विवादास्पद देखिन्छ । यो विषयमा कम्पनी आफैँ स्पस्ट छैन । किनकी सम्झौता भएको मितिभन्दा  कित्ताकाट भएर आएको मिति पछाडि छ । जुन कम्पनीको भनाईसंग बाझिएको छ ।

Artha Sanjal
मिती : ८ पुष २०७९, शुक्रबार ११:३३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

रास्वपाको सभापतिमा पुनः रवि लामिछाने

अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही

अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार

ताजा समाचार

  1. ‘टाइगर कप’मा चम्केका रवि केसी
  2. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  3. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  4. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  5. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  6. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  7. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.