अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

१८ वर्षपछि मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै

  • अर्थ सन्जाल
  • ७ पुष २०७९, बिहीबार २१:५३


जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भएता पनि विगत १८ वर्षयता फुटबलका ठूला र प्रतिष्ठित खेलहरू यो रङ्गशालामा हुन नसक्दा जीर्ण भएको हो ।

जीर्ण रङ्गशालाको स्तरोन्नति गर्ने उद्देश्यले भद्रपुर नगरपालिका, विभिन्न व्यवसायीहरू, उद्योगीहरूको संयुक्त पहलमा फागुन अन्तिम सातादेखि ‘भद्रपुर झापा गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

गोल्डकप समितिका अध्यक्ष दीपेश ढकालले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँगको छलफलपछि खेलको मिति तय हुने पत्रकार सम्मेलनमा जानकारी दिए ।

जिल्लाको सबैभन्दा पुरानो र व्यवस्थित मेची रङ्गशाला देशका चर्चित र सफल खेलाडीहरूको प्रारम्भिक खेल मैदान हो । अठार वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’ पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरू आयोजना हुन नसक्दा मेची रङ्गशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थति गर्न नसकिएको उनको भनाइ छ ।

उनका अनुसार प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद सात लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका लागि मेची रङ्गशालाको स्तरोन्नति सुरु भइसकेको उनले जानकारी दिए ।

हाल रङ्गशालामा झार रोप्ने र माटोको स्तर मिलाउने काम भइरहेको छ । “यो प्रतियोगिता झापाको प्रतिष्ठित ‘झापा गोल्डकप’कै निरन्तरताको एउटा कडी भएको पनि जानकारी गराउन चाहन्छौँ”, अध्यक्ष ढकालले भने । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजना हुँदै आएको ‘झापा गोल्डकप’लाई यस वर्ष रोकेर मेची रङ्गशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरूसहित विदेशी टोलीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन तथा छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिए । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । खेल सञ्चालनका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख बजेट छुट्याएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए

कूल एक करोड ५० लाख खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बाँकी रकम व्यापारिक प्रतिष्ठनबाट स्पोन्सरका रूपमा सङ्कलन गरिने उनले बताए । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वाड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ खेलाडीलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ ।

Artha Sanjal
मिती : ७ पुष २०७९, बिहीबार २१:५३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

ताजा समाचार

  1. बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
  2. एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  3. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  4. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  5. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  6. आन्दोलित हुँदै सहकारीका सञ्चालक
  7. फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.