अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

चम्पा बनिन् सफल वन उद्यमी

  • अर्थ सन्जाल
  • ७ पुष २०७९, बिहीबार १६:३०


जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियार हिजो आज बेफुर्सदिलो छन् । घरायसी काम सकेर समूहले सामूहिक जडीबुटी खेती गरिरहेको स्थानमा पुग्नु उनको दिनचर्या नै बनेको छ । घरमा पालिएका गाई–बाख्रालाई जडीबुटी खेती गरिएको स्थानबाटै घाँसको व्यवस्था गरेर आउने उनलाई सधैँ सबेरै घरघन्दा सकेर जडीबुटी गोडमेल र रेखदेख गर्न हतार हुन्छ ।

आयआर्जनको मुख्यस्रोत नै जडीबुटी खेती बनाउन कम्मर कसेर लागेकी परियार सामुदायिक वनको हाईटेन्सनमुनी गरिएको जडीबुटी र घाँसपातसँगको लगाब र झुकाबले आफूलाई घर बस्नै नसक्ने बनाएको बताउछिन् । मुख्यरुपमा सर्पगन्धा खेती गर्दै आएकी उनले समूहसँग मिलेर हाल बेसार र अदुवा खेती पनि गरिरहेकि छन्।

सात वर्ष अगाडिदेखि मकवानपुरको मनहरि गाउँपालिकामा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहले गठन गरेको उक्त समूहका सदस्यले सर्पगन्धाबाट मनग्ये आम्दानी पनि लिइसकेका छन्। सानो उमेरमा दलित भनेर हेपिएकी परियार अहिले समुदायको प्रेरणाको स्रोत बनेकि छन् । समूहमै लागेर साधारण लेखपढ गर्न, बोल्न र नेतृत्व विकाससमेत गर्न सक्षम उनको जीवन अहिले जति सुन्दर देखिन्छ त्यत्तिकै विगतमा भोगिएको दुःखको कथा भने त्यत्तिकै कहालीलाग्दो छ ।
पेसागतरुपमै तल्लो जात हुनुपर्दाको पीडा र नागरिकतामा पनि त्यस्तै व्यहोराको थर राख्नुपर्दाको हिनताबोध अहिले छोराछोरीमा पनि रहेको उनि सुनाउछिन् । समाजमा महिलाको आदर्श बनेकी परियारले आदर्शको पत्र बन्न निकै सङ्घर्ष गर्नुपरेको थियो । रुख नभएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीलाई आयआर्जनको स्रोत बनाइएको छ । उक्त समूहमा रहेका विपन्न, दलित र जनजाती महिलाले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका छन् ।

सत्र वर्षको उमेरमा दाउरा काट्न लाग्दा रुखबाट लडेर सन्तानसमेत गुमाउनु परेको थियो । मकवानपुरको मकरीमा जन्मनुभएकी परियारको पारिवारिक तथा पुख्यौली काम कपडा सिलाउनु भएपनि छोराछोरीबीचको विभेदले कपडा सिलाउन सिक्नुभन्दा उनलाई खाना पकाउन सिकाइन्थ्यो ।

परियार भन्छिन्,“ विवाह पछि खेत जोत्ने, वन जाने, मेला जाने मेरो परिवारको दिनचर्या भएकाले मैले पनि खेत खनजोतका साथै अन्य काम पनि गर्नुपथ्र्योे ।” “त्यही क्रममा गर्भवती हुँदासमेत रुखबाट लडेर थला परेँ र सन्तान गुमाए” उनि भन्छिन् ।

मकवानपुरको सरिखेतबाट मनहरिमा बसाइँ आएपछि अनेमसङ्घमा आबद्ध भएर लेखपढ गर्ने तीव्र ईच्छाले प्रौढ शिक्षा पढेर साधारण साक्षर भएँ र सामुदायिक वनमा सदस्य बन्दा सुरुमा दलित महिला कोटामा प्रवेश गरे पनि दलितको आधारमा मात्र आफू सीमित हुन नचाहेको परियार बताउछिन् ।

उनि भन्छिन्,“दलित त मलाई समुदायले बनाएको हो म के बन्ने भन्ने त मेरो आफ्नो निर्णय हो जस्तो लाग्यो, त्यसपछि सिक्ने र गर्ने काम केही छोडिन, बोल्न पनि सिकेँ, जे भएनी यो अवस्था भने सामूदायिक वनले नै बनायो बोल्ने र गर्ने आँट बढायो ।” त्यसपछि मात्र आफूले दुःखभित्र लुकेको सुखी जीवन खोज्न थालेको उनि बताउछिन् ।
सामुदायिक वनबाट आयआर्जन गर्न सात वर्षअघिदेखि उपसमूह बनाएर लागिपरेको परियारको भनाइ छ । समूहकी अध्यक्ष उनि सामूहिकरुपमा जडीबुटी खेती तथा घाँसको बिरुवा रोपेर बाख्रा पालिरहेकाले आर्थिकरुपमा निकै सहयोग पुगेको बताउछिन् । परियार भन्छिन्, “अब यो ठाउँमा यसरी हामी दिदीबहिनी मिलेर आम्दानी गर्छमजस्तो लागेको थिएन, गरेदेखिन नहुने केही रहेनछ ।” हाइटेन्सनमुनिका रुख काटिएपछि खालिरहेको स्थानमा उत्पादन गरेर स्वरोजगार तथा उद्यमशीलताको विकास गर्ने सोचसहित थालिएको जडीबुटी खेतीले आम्दानी दिन थालेपछि सबैजना उत्साहित हुँदै थप मेहनत गर्न ऊर्जा मिलेको परियार बताउछिन् ।

यस वर्ष थालिएको अदुवा खेती सप्रिएको तर बजार व्यवस्थापनका लागि सहयोग आवश्यक परेको उनि सुनाउछिन् । जडीबुटी रोपिएको स्थान वरपर घाँस लगाउँदा घरमा पशुपालन गर्न पनि सहज भएपछि उपसमूहमार्फन नै आर्थिक सहयोग र बाख्रा सापटी कार्यक्रम लागू गरेर थप आम्दानी गरिएको परियारको भनाइ छ ।

हाल जडीबुटी, अदुवा, अम्रिसोसँगै बाख्रा पालन पनि समूहले गर्दै आएको उनि उल्लेख र्गिर्छन्। हाल उक्त समूहका सदस्यले सर्पगन्धाको बीउ उत्पादन गरेर बिक्रीवितरण गरिरहेका छन् । बिहान बेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिला अहिले सक्षम र व्यस्त हुन थालेका छन्। परियार भन्छिन्,“खेती गरौँ जमिन छैन, अरु काम गर्न लगानी छैन, यस्तो अवस्थमा सामुदायिक वन उपभोक्ता महासङ्घले ल्याएको यो एउटा कार्यक्रमले साँच्चै भन्नुपर्दा हाम्रो जीवनमा परिवर्तन नै ल्याइदिएको छ ।”
सामुदायिक वन उपभोक्ता महासङ्घले सामुदायिक वनमा रहेका विपन्न महिलाको जीवनस्तर उकास्न गरेको गतिविधि सार्थक सावित भएको अध्यक्ष परियारको निष्कर्ष छ । रासस

Artha Sanjal
मिती : ७ पुष २०७९, बिहीबार १६:३० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’

सचिवको सरुवा र पदस्थापन

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

ताजा समाचार

  1. ‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’
  2. सचिवको सरुवा र पदस्थापन
  3. युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
  4. मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
  5. भ्यालेन्टाइन्स डेमा जगदम्बा मोटर्सले ल्यायो टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना
  6. विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
  7. मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

विजनेश फोकस

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, यस्ता छन...

बैंक खातासँग सम्बन्धित विवरण कसैलाई नदिन राष्ट्...

सेयर बजारमा ७६.६४ अंकको उछाल, कारोबारमा एनआईसी ...

क्यान इन्फोटेक मेला आजदेखि शुभारम्भ, सूचना प्रव...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.