

बिहीबार नेपाली सेयर बजारमा झिनाे अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६७.२१ बिन्दुमा पुगेको हो ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक भने १.७२ अंकले बढेर ३६७.०६ बिन्दुमा पुगेको छ ।
नेप्से सूचक घटेपनि आज एक अर्ब ११ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेपाल टेलिकमको सर्वाधिक १४ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआईसी एसिया बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी, शिवम सिमेन्ट, आँधिखोला लघुवित्त, एभरेस्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, सिभिल बैंक र गरिमा विकास बैंक बढीको सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल