

बिहीबार नेपाली सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ०।०१ अंकले घटेर १८६७।२१ बिन्दुमा पुगेको हो ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक भने १।७२ अंकले बढेर ३६७।०६ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यसदिन ७६ कम्पनीको सेयर मूल्य बढेको छ, भने १२४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
शृजनशील लघुवित्त र धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ ।
Artha Sanjal
अर्थ सन्जाल