

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८–७९ का लागि बम्पर लाभांश घोषणा गरेको छ।
नेप्से सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको छ। जसअनुसार नेप्सेले सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब रुपैयाँको १०० प्रतिशतका दरले हुन आउने १ अर्ब रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश अनुमोदन गर्न नेप्सेले आफ्नो ४१ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको यूएनआई शान्तिमार्गस्थित नेप्से कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
Artha Sanjal
अर्थ सन्जाल